काठमाडौं । नेपाली बजारमा किर्लोस्कर इन्जिन आयल औपचारिक रुपमा भित्रिएको छ । बुधबार एक कार्यक्रमकाबीच सो इन्जिन आयल लन्च गरिएको हो । नेपालका लागि आधिकारिक वितरकको रुपमा आदिशक्ति ग्लोबल ट्रेडर्सले सो इन्जिन आयल भित्र्याएको हो ।
किर्लोस्कर आयल इन्जिन्सद्वारा भारतमा उत्पादित किलोस्कर इन्जिन आयल लन्चिङ समारोहमा कम्पनीका प्रतिनिधि तथा नेपाली व्यवसायीहरुको सहभागिता रहेको थियो । सो अवसरमा किर्लोस्कर आयल इन्जिन्सका रिटेल एन्ड डिस्ट्रिब्युसन हेड सुनिल कुमार साहुले इन्जिन आयल र स्पेयर पार्ट्स सहित व्यवसायीका लागि कम्प्लिट सोलुसन उपलब्ध गराउने उद्देश्यका साथ नेपालमा बजार विस्तार गरेको बताए । सबै व्यवसायीका साथमा रहेर गुणस्तरीय इन्जिन आयल र स्पेयर पार्ट्स समेत उपलब्ध गराउन आफूहरु प्रतिबद्ध भएको उनले बताए ।
सो अवसरमा किर्लोस्कर आयल इन्जिन्सका जोनल म्यानेजर चिन्मय नायक र नेसनल स्पेयर हेड अर्सित रतुरीले ग्राहकमा आत्म विश्वास जागृत गर्न र ढुक्कका साथ बिक्री पछिको सेवा उपलब्ध गराउन आफूहरु तत्पर रहेको बताए ।
नेपाल अटो मेकानिक्स व्यवसायी संघका निवर्तमान अध्यक्ष ठाकुरप्रसाद न्यौपाने, नेपाल अटो मेकानिक्स ट्रेड युनियन (नाटु) का सल्लाहकार माधवप्रसाद पाण्डे र हेभी इक्विपमेन्ट मेकानिकल व्यवसायी संघका अध्यक्ष नेत्रबहादुर कुँवरले गुणस्तरीय इन्जिन आयल प्रयोग गर्न पाउनु ग्राहकको अधिकार भएको र यस्ता उत्पादनलाई नेपाली व्यवसायी र मेकानिक्सहरुले सदैव स्वागत गर्ने बताए ।
आदिशक्ति ट्रेड लिंकका डाइरेक्टर पुरुषोत्तम पौडेल र बिजनेस हेड खगेन्द्र श्रेष्ठले इन्जिन आयल व्यवसायको लामो अनुभवका आधारमा विश्वकै गुणस्तरीय तथा कहलिएको ब्रान्ड भित्र्याउन पाउँदा खुसी व्यक्त गर्दै सबै व्यवसायीबाट सहयोगको अपेक्षा गरे ।
भारतको १३५ वर्ष पुरानो प्रतिष्ठित कम्पनीद्वारा उत्पादित किर्लोस्कर ब्रान्डका इन्जिन आयल, गियर आयल, इन्डष्ट्रियल आयल, हाइड्रोलिक आयल, ट्रान्समिसन आयल आदि नेपाली बजारमा उपलब्ध हुनेछन् । टु ह्विलर, फोर ह्विलर, कमर्सियल, हेभी इक्विपमेन्ट आदि सबै सवारी साधनमा सो इन्जिन आयल प्रयोग गर्न सकिन्छ । किर्लोस्करका इन्ट्रा सिरिज, एक्स–होरा आदि बढी लोकप्रिय मोडल हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रपति पौडेलद्वारा प्रथम राष्ट्रपति र उपराष्ट्रपतिसँग छलफल
- सुरक्षा संवेदनशीलता बढेपछि राजविराजमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी
- अफवाह र उत्तेजना फैलाउनेमाथि कडा निगरानी राख्न आईजीपी कार्कीको अपिल
- ब्रोड पिकमा हिमपहिरो: निर्मल पुर्जासहित १० सदस्यीय टोली बेपत्ता, उद्धारको प्रयास जारी
- देवानगञ्ज घटनामा मृतक परिवार र सरकारबीच ७ बुँदे सम्झौता
- पाँच दिनका लागि स्थगित भयो प्रतिनिधिसभा बैठक
- सरकार र चिकित्सकबीचको वार्ता मिल्यो, यस्तो छ सहमति
- ईपीएस आवेदनकर्ताको चाप बढेपछि राहदानी विभागले दुई सिफ्टमा सेवा दिने

ट्रेन्डिङ
खबरमुकाम







