काठमाडौँ । इङ्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको आर्सनल शीर्ष स्थानमा फर्किएको छ । शनिबार राति भएको खेलमा ब्राइटनविरुद्ध ३–० को सहज जित निकालेको आर्सनल लिभरपुललाई एक अंकले पछि पार्दै शीर्ष स्थानमा उक्लिएको हो । आर्सनलले ३१ खेलबाट ७१ अङ्क बनाउँदा लिभरपुलको ३० खेलबाट ७० अङ्क रहेको छ ।
शनिबार राति आर्सनलाई जिताउन बकायो साका, केइ हार्भाटेज र लियोनार्दो ट्रोसान्डले एक एक गोल गरेका थिए । ३३ औँ मिनेटमा साकाले पेनाल्टीमा गोल गर्दै आर्सनलाई अग्रता दिलाए । ६२ औँ मिनेटमा हार्भाटेजले गोल गरेपछि आर्सनलले अग्रता दोब्बर बनाएको थियो । ८६ औँ मिनेटमा ट्रोसान्डले गोल गरेपछि आर्सनल ३–० को सहज जित निकाल्न सफल भयो ।
प्रिमियर लिगकै अर्को खेलमा वेस्टह्यामले वुल्भ्सलाई २–१ गोलको पुनरागमन जित निकालेको छ । १ गोलले पछि परेको वेस्टह्यामले अन्ततः २–१ कोे जित निकाल्न सफल भयो । पाब्लो सर्वियाको पेनाल्टीबाट वुल्भ्सले अग्रता ३३ औँ मिनेटमा लिएको थियो । ७३ औँ मिनेटमा लुकास पुएटाले पेनाल्टीमा गोल गर्दै वेस्टह्यामलाई बराबरीमा ल्याएका थिए । ८४ औँ मिनेटमा जेम्स वार्डले गोल गर्दै वेस्टह्यामलाई २–१ ले जिताए ।
वेस्टह्याम ४८ अंकका साथ सातौं स्थानमा रहँदा वुल्भ्स ४२ अंकका साथ ११ औँ स्थानमा छ । यस्तै, लुटनले बर्नमाउथमाथि २–१ गोलको जित दर्ता गर्दा न्युक्यासलले फुलह्यामलाई १–० ले स्तब्ध बनायो । एभर्टनले बर्नलेलाई १–० गोल अन्तरले पराजित गर्दा एस्टन भिल्ला र ब्रेन्टफोर्डले तीन तीन गोलको बराबरी खेले । यस्तै, म्यानचेस्टर सिटीले क्रिष्टल प्यालेसमाथि ४–२ को पुनरागमन जित निकालेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- प्रधानमन्त्री शाहले भेटे गभर्नरः सेयर बजार र लगानीमैत्री नीतिमा जोड
- पूर्वअर्थमन्त्री विष्णु पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, २० करोड ९० लाख बिगो दाबी
- कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता
- केहीबेरको वर्षामै काठमाडौंका मुख्य सडक डुबान, सवारी आवागमन प्रभावित
- मन्त्रिपरिषद्का सात निर्णयः मिटरब्याज पीडितसँग वार्ता गनेदेखि अरु के के ?
- यूनाइटेड अजोड इन्स्योरेन्सको ३२ औं साधारण सभा सम्पन्न
- राष्ट्रिय वाणिज्य बैंक र कर्मचारी सञ्चय कोषबीच समझदारी
- सिटिजन्स बैंकद्वारा सातवटै प्रदेशमा वित्तीय साक्षरता र सामाजिक उत्तरदायित्वका विभिन्न कार्यक्रमहरु सम्पन्न

ट्रेन्डिङ
खबरमुकाम







