खबरमुकाम । चखेवा बजार तथा शहरीकरण व्यवस्थापन समितिले भोजपुरको टेम्केमैयुङ गाउँपालिकास्थित चखवामा ३ दिने कृषि, पर्यटन तथा साँस्कृतिक महोत्सव २०८१ आयोजना गरेको छ ।
२०८१ बैशाख १ गतेदिखि ३ गतेसम्म सञ्चालन हुने उक्त महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारहरूको बेजोड प्रस्तुति रहने जनाइएको छ ।
भोजपुर र खासगरी टेम्केमैयुङका नेपाली साहित्य र संगीतको क्षेत्रमा स्थापित नामहरू ज्ञानमणि नेपाल, गणेश रसिक, बुलु मुकारूङ, वसन्त मुकारुङ, श्रवण मुकारुङ, डिक बान्तवा, शुभ मुकारूङ, राजन मुकारुङ, पारस मुकारुङ, दिनेश बान्तवा, अमर बान्तु, कविता राई तथा काङ्माङ नरेश राई उपस्थित हुने कार्यक्रम तय भएको टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले बताए ।
त्यसै गरि दयाहाङ राई, भिषण मुकारुङ, कमलिकान्त भेटवाल, सुनिता थेगिम, बबिना किराँती, उमेश राई (फुलन्देकी आमा), बिसी राई र चन्द्रकला राईको समेत प्रस्तुति रहने अध्यक्ष राईले बताए ।
सरकारले देशभित्र घुम्नैपर्ने एक सय पर्यटकीय गन्तव्यको सूचीमा राखेको मुन्दुम पदमार्गमा पर्ने चखेवा भञ्ज्याङ भोजपुर र खोटाङको सिमाना हो । गाउँपालिकाले सन् २०२५ लाई मुन्दुम पर्यटकीय वर्षका रुपमा मनाउने तयारी गरिरहेको छ । त्यसैका लागि अग्रिम प्रचारस्वरुप यो महोत्सव आयोजना गरिएको आयोजकले जनाएको छ ।
महोत्सवमा मुन्दुम पदमार्गका बारेमा वृत्तचित्र प्रदर्शनी गरिनेछ । गाउँपालिकाको रु १० लाख र आयोजक संस्थाको रु तीन लाख गरी १३ लाखको लागतमा महोत्सव हुन लागेको हो । महोत्सव अवलोकनका लागि ५० हजार मान्छे ल्याउने आयोजकको लक्ष्य छ ।
महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारहरुको साङ्गीतिक प्रस्तुति रहनेछ । साहित्यिक कार्यक्रम पनि रहने आयोजकको भनाइ छ । टेम्केमैयुङ गाउँपालिका अध्यक्ष सरोज बस्नेतले पर्यटकीय सम्भावना बोकेको क्षेत्रको विकास र प्रचारका लागि प्रत्येक वर्ष यस्ता महोत्सव आयोजना गरिने बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- रास्वपाको उदय अस्थिर राजनीति र भूराजनीतिक चलखेलको परिणाम हो : एमाले
- अमेरिका–इरान युद्ध अन्त्यतर्फ, सम्झौतामा हस्ताक्षरको तयारी
- विश्वकपमा स्कटल्यान्डको विजयी सुरुआत, समूह ‘सी’को शीर्ष स्थानमा उक्लियो
- चीन भ्रमणमा निस्कँदै परराष्ट्रमन्त्री, कूटनीतिक भेटघाटमा केन्द्रित रहने
- आज देशका विभिन्न क्षेत्रमा बदली, केही स्थानमा वर्षाको सम्भावना
- सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग
- श्रम संस्कृति पार्टीले पृथ्वीका सबै श्रमिकलाई मुक्ति र न्याय दिन्छ– सुदन किराती
- मापदण्ड विपरीत सञ्चालित भक्तपुरको बाल गृहबाट ८ बालबालिकाको उद्धार



ट्रेन्डिङ
खबरमुकाम






