खबरमुकाम । सगरमाथा लुम्बिनी (सलिको) इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल बीमा प्राधिकरण र टेम्केमैयुङ गाँउपालिका सँगको समन्वयमा २०८० चैत्र २८ गते सचेतना गोष्ठी कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमको अध्यक्षता नेपाल बीमा प्राधिकरण कोशि प्रदेश प्रमुख श्री विनोद कुमार पोखरेल गर्नु भएको थियो भने कार्यक्रमको प्रमुख अतिथि टेम्केमैयुङ गाँउपालिका अध्यक्ष श्री सरोज बस्नेत रहनु भएको थियो । कार्यक्रमको संचालन भने सलिको भोजपुर शाखाका प्रमुख सन्तोष तिवारी गरेका थिए ।
उक्त कार्यक्रममा स्वागत मन्तवय राख्ने क्रममा सलिको इन्स्योरेन्स कम्पनी कोशि प्रदेश प्रमुख नारायण गौतमले कार्यक्रम संचालन गर्नुको उद्धेश्य र कम्पिनिले हालसम्म गरेका गतिविधिहरु बारे प्रकास पार्नुभयो र आगामि दिनहरुमा सलिको इन्स्योरेन्सको कृषि, पशुपन्छि तथा जडिबुटि बीमाले अधिकतम कृषकहरुलाई समेटेर लैजाने प्रतिबद्धता समेत ब्यक्त गर्नुभयो ।
सलिको इन्स्योरेन्स कम्पनीका कृषि विभाग प्रमुख उमेश ढकालले कृषि, पशुपन्छि तथा जडिबुटि बीमा गर्ने प्रकृया, बीमालेखका किसिम, बीमालेखमा भएका ब्यवस्थाहरु, वीमाशुल्क, दावी प्रकृया, ब्यतिmगत दुर्घटना बीमा, बीमालेखले रक्षावरण गर्ने र नगर्ने अवस्थाहरु लगायतका विषयमा जानकारी गराउनु भयो ।
टेम्केमैयुङ गाँउपालिका अध्यक्ष सरोज बस्नेतले कृषि बीमा आजको आवश्यता रहेको र राज्यले प्रदान गरेको ८० प्रतिशत अनूदानको दायरामा टेम्केमैयुङ गाँउपालिका अधिकतम कृषकहरु समाबेश हुनपर्ने कुरामा जोड दिनुभयो । गाँउपालिकाले कृषकहरुको आर्थीक भार कम गर्ने उदेश्यका साथ थप १० प्रतिशत अनूदान समेत प्रदान गर्ने योजनाका साथ काम अगाडी बढिरहेको जानकारी सहभागिहरु समक्ष गराउनु भयो ।
नेपाल बीमा प्राधिकरण कोशि प्रदेश प्रमुख विनोद कुमार पोखरेलले यस्ता वीमा सम्बन्धि सचेतना कार्यक्रम प्राधिकरणले तीव्रताका अनिवार्य रुपमा संचालन गर्दै आएको साथै बीमकहरुले समेत अनिवार्य बेला बेलामा संचालन गनुपर्ने महत्वपुर्ण कार्यक्रम रहेको जानकारी गराउनु भयो ।उँहाले वीमा सम्बन्धित कुनै पनि सल्लाह, सुझाव, वा गुनासो भए नेपाल बीमा प्राधिकरणमा जानकारी गराउनु हुन समेत सहभागीहरुलाई आग्रह गर्नुभयो ।
कार्यक्रमा टेम्केमैयुङ गाँउपालिका अध्यक्ष, वडा अध्यक्षहरु, कृषि तथा पशु शाखा प्रमुख, नेपाल बीमा प्राधिकरण, सहकारी, कृषक समुह, तथा कृषकहरु गरी जम्मा ३८ जना सहभागिहरुको उपस्थिती रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन
- एभरेस्ट बैंकको धनगढीमा नयाँ भवनसहित १३४औँ शाखा सञ्चालन
- हुथी विद्रोहीको सैन्य अभियान तीव्र, बाब अल–मन्देब क्षेत्रमा बढ्यो तनाव
- त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु, घटनाको छानबिन गर्न समिति गठन
- प्रतिनिधिसभा बैठक आज, चार संसदीय समितिमा पनि छलफल
- पहिलो विदेश यात्रामा प्रधानमन्त्री शाह, संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्दै
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने


ट्रेन्डिङ
खबरमुकाम







