Dark

सलिकोको अध्यक्षमा मुल नियुक्तः प्राधिकरण अध्यक्ष सिलवालले गराए शपथग्रहण

खबरमुकाम । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडको २०८० साल चैत्र २७ गते मङ्गलबार सम्पन्न साधारण सभाबाट कम्पनीको अध्यक्षमा श्री मनोहर दास मुललाई नियुक्त भएका छन् ।  

निर्वाचित सञ्चालक समितिको सोही मितिमा सम्पन्न बैठकले कम्पनीको अध्यक्षमा श्री मनोहर दास मुललाई नियुक्त गर्ने निर्णय बमोजिम आज मितिः २०८१ साल बैशाख ०२ गते आइतबार नवनियुक्त अध्यक्ष मुललाई बीमा प्राधिकरणका अध्यक्ष श्री सूर्य प्रसाद सिलवालले शपथग्रहण गराएका हुन् ।

शपथग्रहण समारोहमा प्राधिकरणका तर्फबाट निर्देशक पुजन ढुंगेल अधिकारी एवं कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री लगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

ताजा उपडेट

छुटाउनुभयो कि?

सबै