सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सातौ बार्षिक सााधारण सभा मिति २०८१/०२/०९ गते बुधवार, अमृतभोग केटरर्स प्रा.लि., कालिकास्थान, काठमाडौँमा सम्पन्न भएको छ ।
उक्त साधारण सभाबाट सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूद्वारा प्रस्तुत हुने आर्थिक बर्ष २०७९/८० को बार्षिक प्रतिवेदन, लेखापरिक्षकको प्रतिवेदन सहितको आर्थिक बर्ष २०७९/८० (ल्ँच्क् बमोजिम) को वासलात, नाफा नोक्सान हिसाब, इक्विटीमा भएको परिवर्तन तथा नगद प्रवाह विवरण र सो सँग सम्वन्धित अनुसूचिहरु सहितको वित्तिय विवरण, सहायक कम्पनी सनलाइफ क्यापिटल लिमिटेडको आर्थिक बर्ष २०७९/०८० को वित्तिय विवरणहरु सहितको एकीकृत वित्तिय विवरण, आर्थिक बर्ष २०७९/८० को वितरणयोग्य मुनाफाबाट हाल कायम रहेको चुक्ता पूँजी रकम रु.३,२०,००,००,०००/– (अक्षरुपी तीन अर्ब बीस करोड) को २३.८० प्रतिशतले हुन आउने रकम रु.७६,१६,००,०००/– (अक्षरुपी छयहत्तर करोड सोह्र लाख मात्र) बराबरको बोनश शेयर जारी गर्ने विशेष प्रस्ताव यसै साधारण सभामा पेश गरिएको हुँदा उक्त (वोनस शेयर तथा नगद लाभाशंमा लाग्ने कर सहित) प्रयोजनार्थ १.२५२६ प्रतिशतले हुन आउने रकम रु.४,००,८४,२१०/– (अक्षरुपी चार करोड चौरासी हजार दुई सय दश मात्र) नगद लाभाँस वितरण, सर्वसाधारण शेयरधनी समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्न १ (एक) जना सञ्चालक श्री.स्नेहा शर्माज्यूको निर्वाचन र कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आर्थिक बर्ष २०८०/८१ को लागि लेखापरिक्षण समितिबाट सिफारिस भई आए बमोजिम बाह्य लेखापरिक्षकको नियुक्ती गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने साधारण प्रस्तावहरु तथा आर्थिक बर्ष २०७९/८० सम्मको वितरणयोग्य मुनाफाबाट यस कम्पनीको चुक्ता पूँजी रकम रु.३,२०,००,००,०००/–(अक्षरुपी तीन अर्ब बीस करोड) को २३.८० प्रतिशतले हुन आउने रकम रु.७६,१६,००,०००/– (अक्षरुपी छयहत्तर करोड सोह्र लाख मात्र) बराबरको बोनश शेयर जारी गर्ने, बोनस शेयर जारी गर्दा चुक्ता पूँजी रु.३,९६,१६,००,०००।– (अक्षरुपी. तीन अर्ब छयानब्बे करोड सोह्र लाख मात्र) कायम हुने र नपुग पूँजी कायम गर्न उक्त पूँजीको २७ प्रतिशत अर्थात (१ः०.२७) को अनुपातमा हकप्रद शेयर जारी गर्ने, वोनस शेयर वितरण र हकप्रद शेयर निश्कासन पश्चात अधिकृत, जारी तथा चुक्ता पूँजी बृद्धि गर्ने तथा कम्पनीको प्रबन्ध पत्र तथा नियमावलीमा संशोधन गर्ने तथा नियमनकारी निकायबाट प्रबन्ध पत्र तथा नियमावलीमा संशोधन तथा प्राप्त हुने निर्देशन कार्यान्वयन गर्न सञ्चालक समितिलार्ई अख्तियारी प्रदान गर्ने विषेश प्रस्ताव पारित गरिएको छ ।
कम्पनीका अध्यक्षबाट कम्पनीको सुचाङ्क सन्तोषजनक रहेको तथा solvency कायम रहेको, value oriented व्यवसायीक अभ्यास गरेको, नीतिगत व्यवसाय अनुमान, जोखिममा आधारित व्यवसाय गर्न प्रतिवद्घ रहेको र company of choice बन्ने दिशामा कार्यरत रहेको जानकारी गराउदै आगामी दिनमा आर्थिक क्रियाकलाप संगै कम्पनीको व्यवसाय बढोत्तरी हुने विश्वास प्रकट गर्नु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन
- एभरेस्ट बैंकको धनगढीमा नयाँ भवनसहित १३४औँ शाखा सञ्चालन
- हुथी विद्रोहीको सैन्य अभियान तीव्र, बाब अल–मन्देब क्षेत्रमा बढ्यो तनाव
- त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु, घटनाको छानबिन गर्न समिति गठन
- प्रतिनिधिसभा बैठक आज, चार संसदीय समितिमा पनि छलफल
- पहिलो विदेश यात्रामा प्रधानमन्त्री शाह, संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्दै
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने


ट्रेन्डिङ
खबरमुकाम







