महालक्ष्मी विकास बैंकले आफ्ना सेवा सुविधाहरुलाई डिजिटलमैत्री तथा स्वचालित बनाउँदै जाने उद्धेश्य अनुरुप क्युआर (QR) कोड मार्फत कर्जा आवेदन दिन सकिने सुविधाको सुरुवात गरेको छ । यस प्रकारको सेवा प्रदान गर्नेमा विकास बैंकहरुमा महालक्ष्मी विकास बैंक अग्रणी बैंक बनेको छ ।
यस अन्तर्गत कर्जा लिन चाहने ग्राहकहरुले बैंकको आधिकारिक वेबसाइट, सामाजिक सञ्जालहरु, सम्पुर्ण शाखा कार्यालयहरु तथा पत्रपत्रिकामा रहेको क्युआर (QR) कोड स्क्यान गरी आवेदन दिन सक्नेछन् । ग्राहकले आवदेन गरे पश्चात ग्राहकले रोजेको शाखा कार्यालयबाट कर्जाको सम्पूर्ण कर्जा प्रक्रिया सम्बन्धमा सहजीकरण गर्न सोही शाखा कार्यालयका कर्मचारीले सम्पर्क गर्नेछन् ।
“सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत ३० वर्ष देखि अनवरत रुपले गुणस्तरीय सेवा प्रदान गर्दै आएको यस बैंकको देशभर १०३ वटा शाखा कार्यालयहरु र करिब ७ लाख ग्राहकहरु रहेका छन् । साथै मिति २०८०/०९/२८ मा सम्पन्न बैंकको २२ औ वार्षिक साधारण सभाबाट विदेशी बैंक वा वित्तीय संस्थालाई रणनीतिक साझेदारको रुपमा ल्याउन प्रस्ताव समेत पारित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन
- एभरेस्ट बैंकको धनगढीमा नयाँ भवनसहित १३४औँ शाखा सञ्चालन
- हुथी विद्रोहीको सैन्य अभियान तीव्र, बाब अल–मन्देब क्षेत्रमा बढ्यो तनाव
- त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु, घटनाको छानबिन गर्न समिति गठन
- प्रतिनिधिसभा बैठक आज, चार संसदीय समितिमा पनि छलफल
- पहिलो विदेश यात्रामा प्रधानमन्त्री शाह, संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्दै
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने


ट्रेन्डिङ
खबरमुकाम







