प्रभु बैँकले र याडिसन होटल, काठमाण्डौं बीच बिषेश छुट सम्झौता गर्यौ ।
प्रभु बैँकका कर्मचारी तथा ग्राहकवर्गहरुलाई लाजिम्पाट काठमाण्डौं स्थित –याडिसन होटल काठमाण्डौंसँग होटलका विभिन्न सेवाहरुमा विशेष छुट दिने सम्झौता भएको छ । –याडिसन होटल काठमाण्डौं एक अन्तराष्ट्रिय होटल चेन अन्तर्गत बिगत दुई दशक भन्दा बढि समय देखि नेपालको पर्यटकिय तथा अतिथि सत्कार सेवालाई निरन्तर रुपमा टेवा दिईरहेको एक अग्रणि पाँच तारे होटल हो ।
एक समारोहका बिच सम्पन्न सम्झौतामा प्रभु बैँकका तर्फबाट चिफ मार्केटिङ्ग अफिसर रबिन्द्र ढकाल र मार्केटिङ्ग म्यानेजर सबिन राणा तथा –याडिसन होटल काठमाण्डौंका तर्फबाट निर्देशक फुड एण्ड बेभरेज ) केदार पाण्डे र लेखा नियन्त्रक लोकराज ढुङ्गाना द्धारा हस्ताक्षर गरियो ।
सम्झौता अनुसार प्रभु बैँक का कर्मचारी तथा ग्राहकवर्गहरुले बैँकसँगको आबद्धता प्रमाणका आधारमा होटलमा उपलब्ध विभिन्न सेवा तथा सुविधाहरु मध्ये खाना, पेस्ट्री सप, ट्रनक्युलिटी स्पाका साथै याडिसन होटल काठमाण्डौले संचालन गरेको विभिन्न रेस्टुरेन्टहरु बाट १०५ देखि २०५ सम्म भुक्तानी छुट पाउनेछन ।
ग्राहकहरुको रोजाईको अग्रणी बैंकको रुपमा रहेको तथा हालसालै “बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित प्रभु बैंकले नेपालभर ३१३ शाखा कार्यालयहरु, २८६ एटीएम साथै ६९ एक्सटेन्सन काउन्टर मार्पmत करिब ३१ लाख भन्दा बढि ग्राहकहरुलाई अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय बैंकिङ एवम वित्तीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ । साथै, प्रभु बैँक, छोटो समयको अन्तरालमानै फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड–२०२४ अवार्डबाट समेत सम्मानित भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन
- एभरेस्ट बैंकको धनगढीमा नयाँ भवनसहित १३४औँ शाखा सञ्चालन
- हुथी विद्रोहीको सैन्य अभियान तीव्र, बाब अल–मन्देब क्षेत्रमा बढ्यो तनाव
- त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु, घटनाको छानबिन गर्न समिति गठन
- प्रतिनिधिसभा बैठक आज, चार संसदीय समितिमा पनि छलफल
- पहिलो विदेश यात्रामा प्रधानमन्त्री शाह, संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्दै
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने


ट्रेन्डिङ
खबरमुकाम







