लक्ष्मी लघुवित्तले कमायो ५ करोड ३४ लाख नाफा

काठमाडौं    । लक्ष्मी लघुवित्त वित्तीय संस्था  गत आर्थिक वर्षको अवधिसम्ममा धनात्मक भएको छ। गत आर्थिक वर्षमा लघुवित्तले ५ करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तको नाफा ६ करोड ५ लाख रुपैयाँ ऋणात्मक रहेको थियो ।

नाफासँगै लघुवित्तको प्रतिसेयर आम्दानी पनि धनात्मक भएको छ। लघुवित्तको प्रतिसेयर आम्दानी १२ रुपैयाँ ११ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १६४ रुपैयाँ ८३ पैसा रहेको छ । त्यस्तै, लघुवित्तको मूल्य आम्दानी अनुपात १०१.१० गुणा रहेको छ ।

४४ करोड १६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा २८ करोड ६३ लाख रुपैयाँ सञ्चित छ । गत एक वर्षमा लघुवित्तको निक्षेप तथा सापटी ८.१२ प्रतिशत बढेको छ भने कर्जा ९.१२ प्रतिशत बढेको छ ।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ५.४३ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी ६८.४९ प्रतिशत बढेको छ। लघुवित्तको कुल सञ्चालन आम्दानी ११.७४ प्रतिशत बढेको छ। लघुवित्तको निष्क्रिय कर्जा ८.३६ प्रतिशतबाट घटेर ७.४३ प्रतिशतमा झरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै