काठमाडौं - । हिमालयन एभरेष्ट इन्स्योरेन्सले गत आर्थिक वर्षको अन्त्यसम्ममा ६६ करोड ७९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ५०.०८ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्ष इन्स्योरेन्सले ४४ करोड ५० लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
इन्स्योरेन्सको खुद आर्जित बीमाशुल्क ३६.९४ प्रतिशत र कुल आम्दानी ४४. १४ प्रतिशत बढेको छ। इन्स्योरेन्सको खुद दाबी भुक्तानी ५६.६० प्रतिशत बढेको छ भने कुल खर्च ३७.४४ प्रतिशत बढेको छ। नाफासँगै इन्स्योरेन्सको प्रतिशेयर आम्दानी पनि बढेको छ ।
इन्स्योरेन्सको आम्दानी ७ रुपैयाँ ३८ पैसा बढेर २६ रुपैयाँ ७२ पैसा पुगेको छ । सो अवधिसम्ममा इन्स्योरेन्सको प्रतिशेयर नेटवर्थ १९१ रुपैयाँ ८३ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २३.६५ गुणा रहेको छ।
२ अर्ब ५० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको विशेष जगेडामा १ अर्ब ७४ करोड रुपैयाँ, महाविपत्ती कोषमा ७ करोड ३७ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्गमा ३८ करोड रुपैयाँ र अन्य इक्विटीमा ९ करोड ७७ लाख रुपैयाँ रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- आज घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
- सरकार र हिन्दूवादी सङ्गठनबीच १३ बुँदे सहमति, आन्दोलन स्थगित
- इरानमाथिको आक्रमण रोकिएको ट्रम्पको दाबी
- दुई दिन धेरै भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो
- हाँस्य विधाबाट समाज बदलिरहेका अमृतको सफलता
- हिमपहिरोमा परेर विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको निधन
- कांग्रेस फुट्ने पक्का, देउवा पक्षले बनायो राष्ट्रिय भेला आयोजक समिति
- जनकपुरधाममा सद्भाव र्याली, ‘हामी सबै एक हौँ’ भन्दै नाराबाजी

ट्रेन्डिङ
खबरमुकाम







