बिन्दु थापा
पाल्पा - तानसेन नगरपालिका –११ मा रहेको चन्डीभञ्ज्याङ सुरुङ यतिबेला पर्यटकको पर्खाइमा छ । करिब सय बर्ष पुरानो सुरुङबाट तानसेनमा खानेपानी ल्याउनका लागि खनिएको थियो । जंगबहादुर राणाको भाइ बद्रिनरसिंहले खानेपानी व्यवस्थित गर्न सुरुङको योजना बनाएको र बद्रिनरसिंहको मृत्यूपछि प्रताप शमसेरले खनेको इतिहासविद निर्मल श्रेष्ठले जानकारी दिएका छन ।
खानेपानी पाइप व्यवस्थित बनाउँदै सुरुङलाई पर्यटकीय गन्तव्यको रुपमा लैजानुपर्ने इतिहासविद निर्मल श्रेष्ठको भनाइ छ । खानेपानीको समस्या समाधान गर्न बद्रिनरसिंहले पधेँरा कुवा बनाएका थिए । त्यसताका सिंहले १९११ देखि १९२९ सम्म बसेर पाटिपौवा बनाउने दरवार निर्माण ढुङगेधारा निर्माण गर्ने काम गरेका थिए । त्यसपछि प्रताप शमसेर तैनाथवाला भएर आउने बित्तिकै खानेपानी व्यवस्थित गर्न लसुनेमा, वडा –१ को गोर्खेकोटमा जर्नल धारा निर्माण गरेका थिए स्थानीयको भनाइ छ ।
खानेपानी सुधारका लागि मिठो पानीको खोजीमा मूलको पानी खोजी गर्दा बाझामा मूल भेटियो । सहरदेखि टाढाबाट पानी ल्याउन समस्या भएपछि डाँडा छेडेर सुरुङ बनाइएको हो । नेपालमा सानो सुरुङ भए पनि पहिलो सुरुङ भएको स्थानीय बुद्धिजीवीको भनाइ छ । टिकट सिस्टम गरेर पर्यटकीयस्थल बनाउनु पर्ने स्थानीय शान्ता बोहोराको भनाइ छ । पुरानो संरचनामा बनेको सुरुङमा प्रयोग गरिएको ईटा, ढुङगाहरु बलियो भएका कारण बिग्रिएको छैन । आजभोलि सुरुङको अवलोकन गर्नेको भिड छ ।
अहिलेजस्तो डोजर प्रविधिको सुविधा नहुँदा पनि कसरी सूरुङ बन्यो होला भनेर हेर्न र फोटो खिच्न आउनेको संख्या बढ्दो छ । सुरुङ बनाएर पानी ल्याउन सय बर्ष पहिले कसरी निर्माण भयो होला भनेर हेर्ने उत्सुकताले सुरुङको अवलोकन गर्न आएको तानसेन नगरपालीकाका रचना कार्कीले बताउछिन । सुरुङको मर्मत सम्भार र संरक्षणका लागि वडाको पहलमा ५ लाख रुपियाँ बजेट छुट्टयाएर सुरुङको व्यवस्थित गरिएको तानसेन नगरपालिका –११ का अध्यक्ष यादवसिंह कार्कीले जानकारी दिएका छन । ऐतिहासिक चन्डिभञ्ज्याङ सुरुङ करिब २ सय पचास मिटर लामो छ ।
स्रोत: गोरखापत्र अनलाइन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन
- एभरेस्ट बैंकको धनगढीमा नयाँ भवनसहित १३४औँ शाखा सञ्चालन
- हुथी विद्रोहीको सैन्य अभियान तीव्र, बाब अल–मन्देब क्षेत्रमा बढ्यो तनाव
- त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु, घटनाको छानबिन गर्न समिति गठन
- प्रतिनिधिसभा बैठक आज, चार संसदीय समितिमा पनि छलफल
- पहिलो विदेश यात्रामा प्रधानमन्त्री शाह, संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्दै
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने

ट्रेन्डिङ
खबरमुकाम







