गुल्मी - रेसुङ्गा क्षेत्रसँगै गर्जुरामा निर्माण भएको रेसुङ्गा पार्कमा चहलपहल बढेको छ । पछिल्लो समय रेसुङ्गामा जानेको संख्या वृद्धि भएसँगै पार्क घुम्न जानेहरुको संख्यामा पनि वृद्धि भएको हो । पार्कमा पुग्ने अवलोकनकर्ताको संख्यामा वृद्धि भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम पल्लीले जानकारी दिएका छन ।
गत वर्षको फागुन महिनादेखि नगरपालिकाले ४ जना कर्मचारी खटाएर पार्क सञ्चालनमा ल्याएको थियो ।
पार्कभित्र भ्युटावर, पिङ, पिकनिक ट्रस, फोटोग्राफी जोन, बच्चाबच्चीको लागि प्ले जोन, पिकनिक स्पोर्ट, बीचबीचमा पैदल मार्ग (बाग्लुङबाट ल्याइएको ढुंगाबाट) शौचालय, टिकट काउन्टर, विभिन्न जनावरका आकृति देखिने फोहोर मैला फाल्ने डस्बिन, पार्किङ्गलगायतका निर्माणको काम सकिएको छ । जसले गर्दा पार्क सुन्दर र मनोरम बनेको छ ।
रेसुङ्गा नगरपालिका वडानम्बर ९ बाट घुम्न पुगेकी साबित्रा सुनारले पार्क निकै रमाइलो लागे बताइन । उनले पार्क बालकदेखि वृद्धसम्मले मनोरञ्जन लिने खालको रहेको बताइन ।
यस्तै, रेसुङ्गा नगरपालिका वडानम्बर ३ बाट अवलोकनका लागि पुगेका धर्म पाण्डेले पनि रेसुङ्गाको काखमा रहेकोले पार्क अत्यन्तै रमणीय ठाउँ रहेको बताए । पार्कमा गत आर्थिक वर्ष २०८०र०८१ को ५ महिनाको अवधिमा १८ हजारले अवलोकन गरेका छन । जसबाट ६ लाख ३२ हजार राजस्व संकलन भएको रेसुङ्गा नगरपालिकाले जनाएको छ । यस आर्थिक वर्षको साउन महिनामा ३ हजार १ सयले अवलोकन गरेका छन । जसबाट एक लाख ५५ हजार राजस्व संकलन भइसकेको छ ।
पार्क सञ्चालन र संरक्षणको काम नगरपालिकाले गर्दै आएको पल्लीले बताए । पार्कसँगै जीप लाइन र साइकिलिंङ निर्माणको लागि प्रक्रिया अगाडि बढेको उनले बताए । जीपलाइन र साइक्लिङ निर्माणको काम सम्पन्न भएपछि निजी क्षेत्रमार्फत पार्क सञ्चालन गर्न दिइने पल्लीको भनाइ छ । नगरपालिकाले यस आर्थिक वर्षमा पार्कबाट २० लाख राजस्व संकलन गर्ने लक्ष्य लिएको छ । पार्क प्रवेश शुल्क विदेशी नागरिकको लागि १५० रुपैयाँ, नेपाली नागरिकको लागि ५० र ज्येष्ठ नागरिक साथै विद्यार्थीको लागि २५ रुपैयाँ तोकिएको छ ।
पार्कको ५ करोड ५९ लाख ५३ हजार ५०१ रुपैयाँको लागतमा निर्माण भएको हो । पार्क क्षेत्र ३.९६ हेक्टर क्षेत्रफलमा फैलिएको छ । जिल्ला सदरमुकाम तम्घासबाट करिब पाँच मिनेटको गाडीको यात्रापछि पार्कमा पुग्न सकिन्छ । त्यस स्थानसम्म पुग्ने मोटरबाटो समेत कालोपत्रे भएको छ । तम्घास आउने पर्यटकलाई रेसुङ्गासम्म जाने क्रममा बीचमा थप आकर्षक बढाउनको लागि रेसुङ्गा पार्क बनाइएको हो । रेसुङ्गा नगरपालिकाले ‘जाउ हिँड रेसुङ्गा’ अभियान पनि चलाएको छ । सोही अभियानकै कारणले रेसुङ्गन र पार्क घुम्न जानेको संख्यामा वृद्धि हुँदै आएको छ ।
स्रोत: अनलाइन खबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन
- एभरेस्ट बैंकको धनगढीमा नयाँ भवनसहित १३४औँ शाखा सञ्चालन
- हुथी विद्रोहीको सैन्य अभियान तीव्र, बाब अल–मन्देब क्षेत्रमा बढ्यो तनाव
- त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु, घटनाको छानबिन गर्न समिति गठन
- प्रतिनिधिसभा बैठक आज, चार संसदीय समितिमा पनि छलफल
- पहिलो विदेश यात्रामा प्रधानमन्त्री शाह, संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्दै
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने

ट्रेन्डिङ
खबरमुकाम







