काठमाडौँ । हरिया चियाका बुट्टा । नागबेली सडक अनि थुम्का थुम्की पहाड । चिसो सिरेटो । बदलिरहने मौसम । कुहिरोले लुकामारी खेलेको दृश्य हेर्ने नै हो भने अन्त जानुपर्दैन, जानुपर्छ त इलाम जिल्लाको कन्याम । जताबाट गणना गर्न सुरु गरे पनि नेपालका २० उत्कृष्ट घुम्नैपर्ने पर्यटकीय गन्तव्यको सूचीमा समेटिने स्थल हो कन्याम । झापा जिल्लाको चार आलि बाट लगभग ४० किलो मिटर को दुरिमा पुगिने यो स्थल अत्यन्तै मनमोहक छ।

तराइको गर्मी छल्न होस् या पारिवारिक घुमघाम गर्न, या प्रेमिल जोडीको नै किन नहोस् पहिलो रोजाइ हुन्छ कन्याम । झापाको चारआलीबाट १ घन्टा २० मिनेटको उकालो लागेपछि पुगिने कन्यामको सौन्दर्यले जोकोहीलाई मन्त्रमुग्ध पार्छ । बादलको घुम्टो ओडेको कन्याममा चियाका बुट्टासँग लुकामारी खेल्दै सेल्फी खिच्नेको भिड हुन्छ ।

सूर्योदय नगरपालिका र सडक डिभिजन कार्यालय, इलामले सडक फराकिलो बनाएपछि कन्यामको सुन्दरता थप बढेको हो । कोरोना महामारीका कारण लगाइएको निषेधाज्ञाको समयमा कन्यामले मुहार मात्र बदलेको छैन, पर्यटकको मन भुलाउने प्रमुख गन्तव्यसमेत बनेको छ ।
कन्याम बदलिनुपूर्व शनिवार र बिशेष दिनमा पिकनिक आउने, घुम्न आउने नजिकै रहेको सानो पाथिभरा दर्शन गर्नेको उल्लेख्य भिडभाड हुने यो क्षेत्रमा पर्यटकको अहिले पनि खासै कमी देखिँदैन। चिया टिपिरहेको दृश्य, फोटो, भिडियो तथा टिकटक बनाउनेको दृश्य पनि कम मनमोहक छैन । कन्याम लेखेको होडिङ बोर्ड मा फोटो खिच्ने तन्नेरीको भिड देखिन्छ । जोडि फोटो खिच्नमा टिकटक,बनाउन र भिडियो खिच्न तल्लीन देखिन्छन् ।
कन्यामले एकपटक घुम्न आएका पर्यटकलाई बारम्बार तानिरहन्छ।

सडकको स्तरोन्नति र रङ्गरोगनसँगै कन्याममा अहिले पर्यटकका लागि पदमार्ग, घोडचढी मार्ग, ठेला पसल र चिया नास्ताको लागि व्यवस्थित पूर्वाधारको निर्माण गरिएको छ । कन्यामलाई दिर्घकालीन योजना बनाएर पर्यटकीय हब बनाउन पालिका लागि परेको नगरप्रमुख रणबहादुर राई बताउनुहुन्छ ।
निशेधाज्ञा पछि यहाँका घोडचढी, विभिन्न जातजातिका भेष भुषाले सजिएर फोटो खिच्नेको कमि भने आएको छ। यहाँको सुन्दरताले सामाजिक संजाल मार्फत चिया कमान र इलामको बारे विश्वभर चिनाइरहेको छ भने आन्तरिक तथा बाह्य पर्यटकको मन भने लोभ्याइरहेको छ।

यहाँ थुप्रै फिल्म र म्युजिक भिडियो छायाङ्कन भएका छन् । बुकु मुकारुङ र कुन्ती मुक्तानको इलामे शहर चियाबारी राम्रो गीतले यहाँको लोकपृयतालाई झन निखारेको छ । नेपाली फिल्म साथिको अत्यन्तै कर्ण प्रिय गीत उडी उडी हिँड्छ मन चियाबारीमा भन्ने गीतले पनि यो क्षेत्र चिनाउन मद्धत गरेको छ। चिया, अलैँची, अकबरे खुर्सानी, अदुवा यहाँका उत्पादन हुन् । कन्यामले इलाम जिल्लालाई मात्र होइ विश्व सामु पूर्वी नेपाल र समग्र नेपाल अनि नेपालीलाई चिनाउन पनि मद्धत गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन
- एभरेस्ट बैंकको धनगढीमा नयाँ भवनसहित १३४औँ शाखा सञ्चालन
- हुथी विद्रोहीको सैन्य अभियान तीव्र, बाब अल–मन्देब क्षेत्रमा बढ्यो तनाव
- त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु, घटनाको छानबिन गर्न समिति गठन
- प्रतिनिधिसभा बैठक आज, चार संसदीय समितिमा पनि छलफल
- पहिलो विदेश यात्रामा प्रधानमन्त्री शाह, संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्दै
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने

ट्रेन्डिङ
खबरमुकाम






