काठमाडौँ । वैदेशिक शिक्षाको अध्ययन गर्न जाने विद्यार्थीहरूलाई ऋण सहजताको लागि प्रभु बैङ्कले एजुकेसन हबको शुभारम्भ गरेको छ । आज नारायणगढमा एक कार्यक्रमका बीच बैङ्कले हबको शुभारम्भ गरेको हो ।
शैक्षिक ऋणका लागि यहाँका विद्यार्थी तथा अभिभावकलाई काठमाडौँ जाने बाध्यता समेत हटेको उनले बताए । सो अवसरमा बोल्दै विशिष्ट अतिथि अधिकारीले यस सेवाबाट विद्यार्थी, अभिभावक, शैक्षिक परामर्श संस्थालाई वित्तिय प्रक्रियाको लागि सहज र सरल सेवा मिल्ने बताए । यसका लागि आफुहरु सहकार्य गरेर अघि बढ्ने उनले प्रतिबद्धता जनाए । उनले डकुमेन्ट्स पुरा भएका विद्यार्थीहरुले प्रभु बैङ्कको सेवा लिनसमेत आग्रह गरे ।
प्रभु बैङ्कका चितवन क्लष्टर प्रमुख साङ्ग्रिला श्रेष्ठले चितवन र यस वरपरका जिल्लाका विद्यार्थी र अभिभावकलाई लक्षित गर्दै सेवा शुरु भएको बताइन् । बैङ्कले विद्यार्थी तथा अभिभावकको वित्तीय सहजताको लागि चितवनबाटै सेवा शुरु गरेको बताइन्। एजुकेसन लोनको परामर्श तथा प्रक्रियाका लागि विद्यार्थीले एजुकेसन हब अथवा प्रभु बैङ्कको जुनसुकै शाखाबाट सेवा लिन सक्ने क्लष्टर प्रमुख श्रेष्ठले जानकारी दिइन् ।
प्रभु बैङ्कको नरॎायणगढ शाखा प्रमुख राजु पन्तले विद्यार्थीहरुको डकुमेन्ट्स पुरा भएका अधिकतम पाँच दिनभित्र लोन स्वीकृति हुने जानकारी दिए । यसका लागि अलग्गै कर्मचारीहरु खटाइएको समेत उनले जानकारी दिए । बैङ्कले यसअघि यो सेवा गण्डकी प्रदेशमा सेवा शुरु गसिकेको छ ।
त्यसैगरी, ग्राहकहरुको रोजाईको अग्रणी बैङ्कको रुपमा रहेको तथा हालसालै “बैङ्क अफ द इयर २०२३” को उपाधिबाट सम्मानित प्रभु बैङ्कका नेपालभर ३ सय १५ शाखा कार्यालयहरु, २ सय ८६ एटीएम साथै ६९ एक्सटेन्सन काउन्टरमार्पmत करिब ३१ लाखभन्दा बढी ग्राहकहरुलाई बैङ्किङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैङ्कले अत्याधुनिक प्रविधिमार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ । साथै, छोटो समयको अन्तरालमा नै नविनतम प्रविधि फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड–२०२४ अवार्डबाट समेत सम्मानित भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन
- एभरेस्ट बैंकको धनगढीमा नयाँ भवनसहित १३४औँ शाखा सञ्चालन
- हुथी विद्रोहीको सैन्य अभियान तीव्र, बाब अल–मन्देब क्षेत्रमा बढ्यो तनाव
- त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु, घटनाको छानबिन गर्न समिति गठन
- प्रतिनिधिसभा बैठक आज, चार संसदीय समितिमा पनि छलफल
- पहिलो विदेश यात्रामा प्रधानमन्त्री शाह, संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्दै
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने


ट्रेन्डिङ
खबरमुकाम







