तीन करोड लागतमा बौद्ध गुम्बा निर्माण

इलाम । इलामको सूर्योदय नगरपालिका-९ को पान्दाममा पाल्यल ज्याङछुप धार्गेलिङ गुम्बा उद्घाटन गरिएको छ । २०४१ सालमा निर्माण कार्य प्रारम्भ भएको गुम्बा तीन करोड बढी लगानमा सम्पन्न गरी उद्घाटन गरिएको हो । 

बौद्ध धर्मावलम्बी समाज नेपाल काठमाडौँको आर्थिक सहयोगमा निर्माण भएको गुम्बाको सूर्योदय नगरपालिकाका नगर प्रमुख रण बहादुर राई, धर्मगुरु टुल्कु छेरिङ दोर्जे रिम्पोछे (सिक्कम गुम्बाका प्रमुख) र टुल्कु साङ्गे सेडुप रिम्पोछे (बौद्ध धर्मावलम्बी समाज नेपालका अध्यक्ष) ले उद्घाटन गरेका हुन् । कार्यक्रममा नगर प्रमुख राईले गुम्बा निर्माणले धर्म संस्कृतिको विकासमा सहयोग पुग्ने बताए । 

उनले गुम्बा मठ मन्दिर निर्माणले सबै जातजातिलाई एक सूत्रमा बाँध्ने काम गरेको बताए । धर्मगुरु टुल्कु छेरिङ दोर्जे रिम्पोछे गुम्बाको प्रारम्भिक संरचना निर्माण भए पनि आवास, भान्सा घर र शौचालय जस्ता संरचना निर्माण गर्न स्थानीय सरकारले सहयोग गर्नु पर्ने उनको भनाइ छ । 

गुम्बामा ३२ हजार बुद्धका उपदेश रहेका पुस्तक राखिएको गुम्बाका लोपेन दावा टाँसीले जानकारी दिए । उक्त अवसरमा दुई दिन सम्म धर्मगुरुबाट गुम्बामा प्राण प्रतिष्ठा कार्यक्रमको समेत आयोजना गरिएको थियो । 

सूर्योदय नगरपालिका-९ का वडाध्यक्ष देवेन्द्र शर्माले गुम्बा निर्माणले धार्मिक पर्यटन प्रवर्धनमा सहयोग पुग्ने बताए । नगरपालिका र कोशी प्रदेश सरकारको लगानीमा सूर्योदय नगरपालिका ३ मा निर्माण गरिएको बुद्धको मूर्तिको समेत छिट्टै उद्घाटन गर्ने उक्त कार्यक्रममा जानकारी गराइएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै