झापाको शिवसतक्षी नगरपालिका–११ स्थित सताक्षीधाम परिसरमा ५१ फिट अग्लो रुद्राक्ष शिवलिंग निर्माण भइरहेको छ ।
आगामी मंसिर १४ देखि २४ गतेसम्म हुने ‘श्रीसताक्षी गोरक्षा महोत्सव–२०८१’ को अवसरमा यहाँ उक्त शिवलिंग निर्माण थालिएको हो । आज धाम परिसरमा आयोजित पत्रकार भेटघाटमा धर्मसंस्कृतिको रक्षासँथै धार्मिक पर्यटन प्रबर्धन गर्ने उद्देश्यले ५१ फिट शिवलिंग निर्माण गर्न लागिएको श्रीसताक्षीधाम गोलोक गोवर्धन गौशालाका संरक्षक एवम् संस्थापक अध्यक्ष नन्दकिशोर भारद्वाजले बताए ।
“शिवलिंग निर्माण लागि एक करोड २५ लाख वटा रुद्राक्ष प्रयोग हुनेछ”, उनले भने, “धामपरिसरमा रहेका धर्मानुरागीहरुले रुद्राक्ष फलामको तारमा उन्ने काम गरिरहनुभएको छ ।” शिवलिंग निर्माणमा रू १५ देखि २० लाख खर्च हुने जनाएको छ ।
सताक्षीधाम गोलोक गोवद्र्धन गौशाला र सताक्षीधाम धार्मिक तथा पर्यटन विकास समितिको संयुक्त आयोजनामा मंसिर १४ गतेदेखि शुरु हुने १० दिने श्रीसताक्षी गोरक्षा महोत्सव–२०८१ मा धनधान्याचल सुरभि ज्ञान महायज्ञ, पञ्चकुण्डीय श्रीरुद्र महायज्ञ, श्रीतुलसी शालिग्राम श्रीसीताराम विवाह, लिंग महापुराण कथा प्रबचन र ५१ फिट अग्लो रुद्राक्षको पार्थिव शिवलिंगमा विशेष पूजा अर्चना हुने संस्थापक अध्यक्ष भारद्वाजले बताए ।
विगत केही वर्षदेखि सीताराम विवाहसमेत गरिँदै आएको बताउँदै उनले भने, “भद्रपुरको दुर्गा मन्दिरबाट जन्ती आउने छन्, शिवसताक्षीबासी हामीले स्वागत गर्छौं ।” सरकारले पर्यटन वर्ष मनाउने तयारी गरिरहेको बताउँदै उनले धाममा नयाँ आकर्षण थप्न पनि रुद्राक्षको शिवलिंग बनाइएको बताए ।
गौलाशा स्थापना भएयता तीन हजार एक सय ६० वटा गाईवस्तुको संरक्षण गरिएको जनाएको छ । हाल गौशालामा छ सय ६२ वटा गाई, गोरु, बाछाबाछी छन् । गाई पाल्न चाहने विपन्न नागरिकलाई निःशुल्क गाई वितरण गर्दै आएको गौशालाका वेदप्रकाश अग्रवालले बताए ।
गौशालाका लागि १५ जना कर्मचारी र गाईबाछाको आहाराका लागि मासिक रू पाँचदेखि छ लाख खर्च हुने गरेको मदनमोहन अधिकारीलले बताए । महोत्सवमा करिब चार सय जनाको हाराहारीमा अन्तर्राष्ट्रिय विद्वान वर्ग सहभागी सहभागी आयोजकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन
- एभरेस्ट बैंकको धनगढीमा नयाँ भवनसहित १३४औँ शाखा सञ्चालन
- हुथी विद्रोहीको सैन्य अभियान तीव्र, बाब अल–मन्देब क्षेत्रमा बढ्यो तनाव
- त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु, घटनाको छानबिन गर्न समिति गठन
- प्रतिनिधिसभा बैठक आज, चार संसदीय समितिमा पनि छलफल
- पहिलो विदेश यात्रामा प्रधानमन्त्री शाह, संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्दै
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने


ट्रेन्डिङ
खबरमुकाम







