कविराज घिमिरे
धनकुटाको सहिदभूमि गाउँपालिकाको खाल्सा क्षेत्रका राई समुदायले मनाउँदै आएको पापानी पर्व मङ्गलबार भव्यताका साथ सकिएको छ । कार्तिक पूर्णिमापछिको पहिलो मङ्गलबारदेखि नयाँ बाली भित्र्याएको खुसियालीमा धनकुटाका खाल्सा क्षेत्रमा पापानी मनाउन सुरु गरिएको थियो ।
चाड सुरु भएपछि मुन्धुमविद्ले खुढाहाङ (कुलदेवता) को १५ दिनसम्म आराधना गर्ने र स्थानीयले पनि कुलदेवता र पितृको पूजा गर्दै निरन्तर छ दिन छ रातसम्म नाचगान गरी पापानी मनाउने गरिएको छ । आफ्नो मनोकामना पूरा होस् भनेर एक जोडी परेवा उडाएर खुढाहाङलाई सम्झने गरिन्छ ।
पापानी पर्वमा किराँत राईहरूले कुलदेवता खुढाहाङको पूजा गर्नुका साथै ढोल, झ्याम्टा बजाउँदै लहरै नाच्छन् । यो नाच एकअर्कासँग कुम जोडेर बाजाको तालमा तीन पाइला अघि र तीन पाइला पछि सरी नाच्ने गरिन्छ । यो पर्व कुलदेवता र पितृको पूजा गर्दै मनाउने चलन रहेको सहिदभूमि गाउँपालिका–६, आँखीसल्लाका डिल्लीराज राईले बताए ।
‘अन्यले जसरी आफ्नो विधि अनुसार कुल पितृ सम्झेर आआफ्नो विधि अनुसार पूजाआजा गर्छन्, त्यस्तै गरी हाम्रो पनि नयाँ बाली भित्र्याएपछि आफ्नो विधि अनुसार पूजाआजा गर्छौं,’ राईले भने ।
एक हप्ता सहिदभूमि गाउँपालिकाको खोकु, छिन्ताङ र आँखीसल्लाका गढी गढीमा फरक फरक दिन मेला लागेको थियो । सोही मेलामा पापानी नाच्ने र गाउने गरिएको थियो । विभिन्न स्थानमा बस्ने छ्युलुङ र नाम्चाहाङ पाछाका राई समुदायका व्यक्तिले यो चाड मनाउने गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने
- सामसङ नेपालको दशैं–तिहार अफर : दैनिक ३१ र साप्ताहिक ८ जनाले उपहार जित्ने
- सिटिजन्स बैंकको सुदूरपश्चिममा रणनीतिक समीक्षा कार्यक्रम सम्पन्न
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा


ट्रेन्डिङ
खबरमुकाम






