काठमाडौँ । नेपाल प्रिमियर लिगमा सहभागिता जनाउँदै गरेको सुदुरपश्चिम रोयल्स र सगरमाथा लुम्बिनी ईन्स्योरेन्स कं. लि. (सलिको) का बिचमा सलिको सुदुरपश्चिम रोयल्सको ईन्स्योरेन्स पार्टनरका रुपमा रहने गरी सम्झौता भएको छ। सलिकोका तर्फबाट प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री, नायब प्रमुख कार्यकारी अधिकृत बरिष्मा साउद आचार्य लगायत अन्य कर्मचारीहरुको उपस्थिति रहेको कार्यक्रममा सुदुरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्का र सलिकोका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री ज्युले सम्झौतामा हत्ताक्षर गरेका थिए।
उक्त सम्झौता अन्तर्गत रहेर सलिकोले यस टिमका प्रत्येक सदस्यहरुको प्रतिव्यक्ति १० लाख बराबरको दुर्घटना बीमा र १ लाख बराबरको औषोधोपचार बीमाको व्यवस्था गरेको जनाएको छ।
रोयल्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत खड्काले सलिको संगको आबद्धताले आफुहरु अत्यन्त उत्साहित भएको धारणा व्यक्त गरेका छन्।
त्यस्तै सलिकोका प्रमुख कार्यकारी अधिकृत क्षेत्रीले सुदुरपश्चिम, नेपाली क्रिकेट क्षेत्रमा योगदान दिने प्रतिभावान खेलाडिहरु उत्पादन गर्ने उर्वर भुमी का रुपमा रहँदै आएको कुरा उल्लेख गर्दै, बिशिष्ट प्रकारको संस्कृती, भाषा, रहनसहन र भौगोलिक सौन्दर्यताले भरिपुर्ण यस प्रदेशको गौरवलाई बोकेको टिम सुदुरपश्चिम रोयल्स सँग सहकार्यको हात अगाडी बढाउन पाउँदा सिंगो सगरमाथा लुम्बिनी ईन्स्योरेन्स (सलिको) परिवार र स्वयं आफु पनि अत्यन्तै हर्षित भएको कुरा उल्लेख गरे ।
साथै सबैभन्दा धेरै समर्थकहरुको रोजाईमा पर्न सफल यस टिमको अभिन्न अंग हुन पाउनु सलिकोका निम्ति समेत गौरवको भएको बताए।
अन्त्यमा; क्षेत्रीले नेपाल प्रिमियर लिगको यस ऐतिहासिक पहिलो संस्करणको उपाधी जीत्नका निम्ति सुदुरपश्चिम रोयल्सको टिमलाई हार्दिक शुभकामना समेत व्यक्त गरे।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन
- एभरेस्ट बैंकको धनगढीमा नयाँ भवनसहित १३४औँ शाखा सञ्चालन
- हुथी विद्रोहीको सैन्य अभियान तीव्र, बाब अल–मन्देब क्षेत्रमा बढ्यो तनाव
- त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु, घटनाको छानबिन गर्न समिति गठन
- प्रतिनिधिसभा बैठक आज, चार संसदीय समितिमा पनि छलफल
- पहिलो विदेश यात्रामा प्रधानमन्त्री शाह, संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्दै
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने

ट्रेन्डिङ
खबरमुकाम






