काठमाडौँ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडद्वारा घातक रोग बापत दाबी भुक्तानी कार्यक्रम बिमितको घरमै शुक्रबार (पुष ५) मा सम्पन्न गरेको छ । कार्यक्रममा बीमित अमृत खनाललाई घातक रोग बापत रु १५ लाखको दाबी भुक्तानी गरिएको थियो। बीमित अमृतले २०७८ माघ २७ गते रु १५ लाखको बीमा योजना लिएका थिए । २०८१ कार्तिकमा उनलाई ब्रैन स्ट्रोक भएपछि यो दाबी दर्ता भएको थियो ।
घातक रोगको दाबी एक कार्यक्रममा को बिचमा भएको थियो भने कार्यक्रममा मणिग्राम शाखा प्रमुख कुशराज खनाल,मुर्गिया शाखा प्रमुख गणेश गैरे ,भुमही शाखा प्रमुख प्रबिन कंडेल ,मार्केटिङ दया तिमिल्सिना लगायत को उपस्थिति रहेको थियो।
साथै उक्त कार्यक्रममा MDRT माधव भुसाल ,MDRT कमला जि सि कुँवर, सिनियर एजेन्सी मेनेजरहरु शालिकराम वोस्ती, शालिकराम भण्डारी समेत को उपस्थिति थियो । एजेन्सी म्यानेजरहरू रेशम भाट,हिमाल राना,शलिकराम तिवारी , नुमकला पङेनी,टांक भुसाल ,बसन्ती गिरि लगायत अभिकर्ता, बीमित परिवार, आफन्तजन र स्थानीयबासीहरूको समेत सहभागीता रहेको थियो।
कार्यक्रममा वक्ताहरूले बीमाको महत्त्व र आर्थिक संकटमा ग्राहकलाई बिमित र परिवार जनलाई बिमाले सुरक्षाको बलियो काम गर्ने विषयमा चर्चा गरेका थिए । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले यस कार्यक्रममार्फत बीमितहरूको विश्वासलाई थप सुदृढ गर्दै सेवा बिस्तार निरन्तर प्रभावकारी बनाउने प्रतिबद्धता दोहोर्याएको थियो ।
“ग्राहकहरूको जीवन सुरक्षामा हाम्रो प्राथमिकता” नाराका साथ, रिलायबल नेपाल लाइफले यस्ता प्रयासलाई भविष्यमा पनि निरन्तरता दिने जनाएको छ । नेपालको बीमा इतिहासमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले सर्बाधिक रकमको मृत्यु दाबी बापत रु ४ करोड भुक्तानी गरेको स्मरण गर्दै , थप बलियो बनाएको छ। साथै, रिलायबल नेपाल लाइफले भविष्यमा पनि ग्राहकहरूको अपेक्षा पूरा गर्दै आफ्नो दायित्व कायम राख्ने प्रतिबद्धता जनाएको छ।
शुक्रबार सम्पन्न घातक रोग बापत दाबी भुक्तानी कार्यक्रममा मणिग्राम शाखा प्रमुख कुशराज खानाल,MDRT माधव भुसाल र सिनियर एजेन्सी मेनेजर शालिकराम वोस्ती ज्यु ले मन्तब्य को क्रममा बिमा को अपरिहार्यता र महत्वलाइ सबैले समयमै बुझ्नुपर्छ भन्ने मन्तव्य दिएका थिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन
- एभरेस्ट बैंकको धनगढीमा नयाँ भवनसहित १३४औँ शाखा सञ्चालन
- हुथी विद्रोहीको सैन्य अभियान तीव्र, बाब अल–मन्देब क्षेत्रमा बढ्यो तनाव
- त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु, घटनाको छानबिन गर्न समिति गठन
- प्रतिनिधिसभा बैठक आज, चार संसदीय समितिमा पनि छलफल
- पहिलो विदेश यात्रामा प्रधानमन्त्री शाह, संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्दै
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने

ट्रेन्डिङ
खबरमुकाम






