भृकुटीमण्डपमा यामाहा ब्लु फेस्टको भव्य उद्घाटन

काठमाडौं। नेपालको सबैभन्दा ठूलो दुई-पांग्रे एक्सचेन्ज महोत्सव ‘यामाहा ब्लु फेस्ट’ आजबाट काठमाडौंको भृकुटीमण्डपमा भव्य समारोहका साथ सुरु भएको छ। सप्ताहव्यापी उत्सवको उद्घाटन एमएडब्लु इन्टरप्राइजेजका प्रबन्ध निर्देशक श्री विष्णु कुमार अग्रवाल र एमएडब्लु राइड्सका सीईओ तथा कार्यकारी निर्देशक श्री दीपक कुमार अग्रवालले संयुक्त रूपमा गर्नुभयो। कार्यक्रममा यामाहा अधिकारीहरू, सञ्चारकर्मीहरू, र उत्साहित ग्राहकहरूको उल्लेखनीय उपस्थिति देखिएको थियो।

चैत २८ देखि वैशाख ३ गतेसम्म चल्ने यस महोत्सवमा कुनै पनि ब्रान्डको मोटरसाइकल वा स्कुटर सहज रूपमा एक्सचेन्ज गर्न सकिने विशेष अवसर प्रदान गरिएको छ।

अविश्वसनीय एक्सचेन्ज अफरहरूस्
●    कुनै पनि ब्रान्डको कुनै पनि बाइक साटाफेर गर्नुहोस्,
●    कुनै पनि यामाहा बाइक वा स्कुटरमा रु. ५०,००० को मिनिमम भ्यालुएसन,
●    अन्य कुनै पनि ब्रान्डमा रू. २५,००० न्यूनतम मूल्याङ्कन (ट्याक्स क्लियरेन्स अनिवार्य)
●    एक्सचेन्जमा अतिरिक्त रु. १०,००० मूल्याङ्कन बोनस,
●    कुनै ग्यारेन्टर आवश्यक नपर्ने गरी ७.९९५ को फाइनान्सिंग,
●    यामाहा थ्रिल अफ थ्री योजनाको साथ रु. १,००,००० सम्म नगद छुट
➢    थ्रिल अफ थ्री विज्ञापन सेयर गरी रु. १,००० जित्ने माैका,
➢     विज्ञापनको स्क्रिनसट देखाई रु. ५०,००० सम्म नगद छुट
➢     यामाहा खरिद  गर्दा गरी रु. १,००,००० सम्म नगद छुट 

प्रदर्शनीमा यामाहाका विभिन्न लोकप्रिय मोडेलहरू प्रस्तुत गरिएका छन्, जसमा नेपालकै सबैभन्दा बढी माइलेज दिने स्कुटर RayZR 125FI Hybrid (ARAI प्रमाणित ७१.३३ किमिरलिटर) प्रमुख आकर्षण हो। त्यससँगै R15 V4, MT-15 V2, Aerox 155, FZ V3 Series,WR155R जस्ता मोडेलहरू पनि प्रदर्शनीमा राखिएका छन्, जसले सहरी सवारीसाधन खोज्ने ग्राहकदेखि अफ-रोड रोमाञ्चक यात्रा मन पराउने सवारी प्रेमीसम्म सबैका आवश्यकता पुरा गर्छन्।

यस ‘यामाहा ब्लु फेस्ट’ ले एक्सचेन्ज अफर मात्र नभई, सवारी संस्कृति, प्रविधि र यामाहा समुदायको उत्सवको रूपमा आफ्नो स्थान बनाएको छ। यदि तपाईं आफ्नो सवारी अपग्रेड गर्न खोज्दै हुनुहुन्छ वा रमाइलो महोत्सवको हिस्सा बन्न चाहनुहुन्छ भने, यो हप्ता भृकुटीमण्डप तपाईंको लागि उपयुक्त गन्तव्य हो।

एमएडब्लू राइड्स अन्तर्गतको यामाहा नेपाल, नेपालको सबैभन्दा विश्वसनीय दुई(पाङ्ग्रे ब्रान्डहरू मध्ये एक हो, जुन यसको अत्याधुनिक प्रविधि, उत्कृष्ट प्रदर्शन र ग्राहक सन्तुष्टिप्रति समर्पणको लागि परिचित छ। यामाहाले देशभरि उत्कृष्ट राइड अनुभव प्रदान गर्दै निरन्तर नवीनता र सेवाको सीमाहरू अगाडि बढाइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै