काठमाडौं । अन्तर्राष्ट्रिय स्तरको प्रिमियम विद्युतीय सवारी ब्रान्ड सेरेसले नेपालका सडकहरूमा आफ्ना ५०० भन्दा बढी सेरेस ईभीहरू पुगेको महत्वपूर्ण उपलब्धिको आज घोषणा गरेको छ। यो उपलब्धिले सेरेसको तीव्र विकास र नेपालको दिगो यातायातप्रतिको चासो झन् बढ्दै गएको संकेत गर्दछ।
यस सफलताको अवसरमा आज सेरेसले एक विशेष केक काट्ने समारोह आयोजना गरिएको थियो। कार्यक्रममा सेरेसका सेल्स डाइरेक्टर डेभिड लुओ, एमएडब्ल्यु वृद्धि मोटर्सका प्रबन्ध निर्देशक विवेक सिकरिया र सीईओ प्रशन्न पन्त लगायत प्रमुख व्यक्तिहरूको उपस्थिति रहेको थियो।
एमएडब्ल्यु वृद्धि मोटर्सका प्रबन्ध निर्देशक विवेक सिकरियाको भनाइः
“नेपालका सडकमा सेरेस गाडीको सङ्ख्या ५०० भन्दा बढी पुग्नु भनेको हाम्रो दायित्व, समर्पण र नेपालको विविधतायुक्त भूगोललाई ध्यानमा राखेर तयार पारिएको भरपर्दो तथा नविनतम ईभी सोलुसन्सको प्रमाण हो।” विवेक सिकरियाले थप भन्नुभयो, “नेपाली उपभोक्तामा सेरेसप्रतिको विश्वास र उत्साह बढ्दो छ भन्ने देख्दा हामी अत्यन्त उत्साहित छौँ। सेरेसको आधुनिक प्रविधि, बलियो प्रदर्शन र स्टाइलिश डिजाइन नेपाली प्रयोगकर्ताहरूको रोजाईसँग मेल खान्छ। यो उपलब्धिले सेरेसको अन्तर्राष्ट्रिय उत्कृष्टतासँगै नेपालको दिगो वातावरणमैत्री भविष्य निर्माणमा हाम्रो योगदानलाई पनि प्रष्ट पार्छ।”
सेरेसका बारेमा
सिलिकन भ्यालीबाट सुरु भएको सेरेसले हाल ७० भन्दा बढी देशहरूमा आफ्नो उपस्थिति कायम गरिसकेको छ र यूरोपमा प्रवेश गर्ने पहिलो चिनियाँ ईभी ब्रान्ड समेत बनिसकेको छ। यस ब्रान्डले अमेरिका, चीन र इन्डोनेसियामा ६ वटा विशाल उत्पादन केन्द्र र अमेरिका, चीन, जर्मनी तथा जापानमा ७ वटा अनुसन्धान तथा विकास केन्द्र सञ्चालन गरिरहेको छ। सेरेस ग्रुप चीनका नाफामा रहेका थोरै गाडी निर्माता कम्पनीहरूमध्ये एक हो। सन् २०२५ को पहिलो त्रैमासिकमा कम्पनीले १०० मिलियन डलरभन्दा बढी नाफा आर्जन गरेर आफ्नो आर्थिक स्थायित्व र बजारको पकड प्रष्ट पारेको छ। अबको योजना अनुसार सेरेस ग्रुपले सन् २०२६ भित्र M7, M8 र M9 गरी तीन नयाँ ईभी मोडलहरू सार्वजनिक गर्नेछ जसले यसको इनोभेटिभ लाइनअपलाई थप विस्तार गर्नेछ।
सेरेसको गुणस्तर र नवप्रवर्तनलाई अन्तर्राष्ट्रिय रूपमा पनि मान्यता मिलिरहेको छ। इन्डोनेसियामा सेरेसले “फेभरेट कार लन्च”, “मोस्ट अफोर्डेबल कार” र “फेभरेट कमर्सियल भेहिकल” जस्ता तीन प्रमुख ईभी अवार्डहरू जितेको छ। यसले कम्पनीको उत्कृष्टता, ग्राहक सन्तुष्टि र कम मूल्यमै विशिष्टता दिन सक्ने क्षमतालाई बलियो बनाएको छ। हालै सेरेस घ लाई इन्डोनेसिया, हङकङ, रुस र नर्वे जस्ता मुलुकहरूमा सार्वजनिक गरिएको छ जसले सेरेसको विश्वव्यापी प्रभावलाई अझ फराकिलो बनाएको छ। नेपालमा सेरेसले कठिन भौगोलिक चुनौतीहरूमा आफ्नो शक्ति प्रमाणित गरिसकेको छ। ४,६६० मिटर उचाइमा रहेको कोरला पास पार गर्ने पहिलो ईभी बनेर सेरेसले चरम परिस्थितिमा समेत आफ्नो क्षमता प्रदर्शन गरेको छ।
नेपाल दिगो एवम् वातावरणमैत्री भविष्यतर्फ अग्रसर भइरहँदा सेरेसले स्थानीय आवश्यकतालाई सम्बोधन गर्दै विश्वस्तरीय मापदण्डहरू पनि पूरा गर्ने स्मार्ट, सुरक्षित र स्टाइलिस विद्युतीय सवारीसाधनहरू नेपाली प्रयोगकर्तासमक्ष ल्याइरहने छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन
- एभरेस्ट बैंकको धनगढीमा नयाँ भवनसहित १३४औँ शाखा सञ्चालन
- हुथी विद्रोहीको सैन्य अभियान तीव्र, बाब अल–मन्देब क्षेत्रमा बढ्यो तनाव
- त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु, घटनाको छानबिन गर्न समिति गठन
- प्रतिनिधिसभा बैठक आज, चार संसदीय समितिमा पनि छलफल
- पहिलो विदेश यात्रामा प्रधानमन्त्री शाह, संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्दै
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने


ट्रेन्डिङ
खबरमुकाम







