काठमाडौ । श्री हलचोक आकाशभैरवको १२ बर्से जात्रा शनिबार सम्पन्न भएको छ । अन्तिम दिन भएको जात्रामा हलचोकस्थिति आगमघरबाट आकाशभैरव र अन्य देवगणलाई हलचोकको पुतुवार बस्तीमा घुमाइएको थियो । त्यसपछि पञ्चबलि दिएर जात्रा बिसर्जन गरिएको थियो । हलचोक आकाशभैरव समाजका अध्यक्ष शेरबहादुर पुतवारले एक महिनासम्म चलेको १२ बर्से जात्रामा तीन पटक पञ्चबलि दिने प्रावधान रहेको बताए ।
पहिलो दिन वैशाख १ गते हलचोकमै पञ्चबलिसहित पूजा गरी जात्रा सुरु गरिएको थियो । पहिलो दिन राष्ट्रपति रामचन्द्र पौडेलले आकाशभैरवका साथै अन्य १० देवगणको दर्शन गरेका थिए । दोस्रो दिन ताम्सिपाखाबाट हनुमानढोकामा लगेर कालभैरव मन्दिरअगाडि इन्द्रजात्रामा यःसिं उठाउने स्थानमा पञ्चबलिसहित पूजा गरिएको थियो । १२ बर्से जात्रामा एक महिनासम्म हरेक दिन काठमाडौँका विभिन्न स्थानमा नाच प्रदर्शन गरिएको थियो । इन्द्रजात्रामा श्री आकाशभैरव, चण्डी र कुमारीले काठमाडौँमा आएर नाच्ने प्रचलन रहे जस्तै १२ वर्षमा पनि यस नाचलाई देवगणसहित काठमाडौँका विभिन्न स्थानमा नचाउने परम्परा रहेको छ ।
तेस्रो दिनदेखि काठमाडौँका विभिन्न स्थानमा श्री आकाशभैरव नाच नचाउने गरिन्छ । यस पटक काठमाडौँको केलटोल, मरु, खुसिबु, हनुमानढोका, असन डबली, दमाईं टोल, वक्त, चिकंअत, न्यतपाःच्व, पहिको त्वाः, ब्रह्मटोल, ताम्सिपाखा, बुराख्यः, बहति (सोह्रखुट्टे), मखन, न्हयोखा, झोछेँ, जैसीदेवल, ढल्को, ताम्सिाखा, डल्लु, डल्लु चौतार, सिद्धार्थ चोकमा श्री आकाशभैरव नाच प्रदर्शन गरिएको थियो । यी हरेक स्थानमा श्री आकाशभैरव र अन्य देवगणलाई २५ भाग तयार गरी पूजाका सामग्री चढाउनुका साथै बाजागाजासहित स्वागत पनि गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन
- एभरेस्ट बैंकको धनगढीमा नयाँ भवनसहित १३४औँ शाखा सञ्चालन
- हुथी विद्रोहीको सैन्य अभियान तीव्र, बाब अल–मन्देब क्षेत्रमा बढ्यो तनाव
- त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु, घटनाको छानबिन गर्न समिति गठन
- प्रतिनिधिसभा बैठक आज, चार संसदीय समितिमा पनि छलफल
- पहिलो विदेश यात्रामा प्रधानमन्त्री शाह, संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्दै
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने


ट्रेन्डिङ
खबरमुकाम







