काठमाडाै। सुनसरीको रामधुनी नगरपालिकास्थित झुम्कामा चौथो राष्ट्रिय थारू चलचित्र तथा सांस्कृतिक महोत्सव सुरु भएको छ । चलचित्र तथा सांस्कृतिक सङ्घ केन्द्रीय कार्यसमितिको आयोजनामा शुक्रबार सुरु भएको महोत्सवको उद्घाटन गर्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले थारू समुदाय देशका महत्वपूर्ण समुदाय भएकाले राज्यले थारूको सम्मानमा कार्यक्रम गर्नु र उत्थान गर्नु राज्यको दायित्व भएको बताए। उनले थारूहरू कला, संस्कृति र संस्कारको धनी भएकाले प्रदेश सरकारले थालेको पर्यटन वर्ष–२०८२ का लागि प्रत्येक हप्ता थारू परिकारको व्यवस्था र होमस्टे सञ्चालनका लागि आग्रह गरे ।
महोत्सवमा विभिन्न सांस्कृतिक झाँकी, नृत्य तथा अभिनय प्रस्तुत गरिएको थियो । यसै गरी थारू समुदायसँग सम्बन्धित चलचित्र निर्माण, साहित्य र कला क्षेत्रमा योगदान गर्ने राष्ट्रिय कलाकारलाई सम्मान गरिएको थियो ।
चलचित्र निर्देशक तथा लेखक सागर ढुङ्गेल, धीरेन्द्र चौधरी, आरजे भिलेनलगायतलाई सम्मान गरिएको थियो । थारू चलचित्र तथा सांस्कृतिक सङ्घका अध्यक्ष परशुराम चौधरीले ढुङ्गेलले ३२ वर्षदेखि थारु जातिको भाषा, कला–संस्कृति र जातीय उत्थानका लागि महत्वपूर्ण योगदान पु¥याउनुभएको बताए महोत्सवमा रामधुनी नगरप्रमुख शङ्करलाल चौधरी, थारू कल्याणकारी सभाका पूर्वअध्यक्ष नरेन्द्रकुमार चौधरीलगायतको उपस्थिति रहेको थियो । थारू साहित्य, कलामा योगदान गर्ने गैरथारूलाई पनि महोत्सवमा सम्मान गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने
- सामसङ नेपालको दशैं–तिहार अफर : दैनिक ३१ र साप्ताहिक ८ जनाले उपहार जित्ने
- सिटिजन्स बैंकको सुदूरपश्चिममा रणनीतिक समीक्षा कार्यक्रम सम्पन्न
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा


ट्रेन्डिङ
खबरमुकाम






