काठमाडौँ । गुल्मीको प्रसिद्ध धार्मिक स्थल रेसुङ्गामा एक महिने साउने मेला सुरु भएको छ । विगतका वर्षहरुमा जस्तै अहिले पनि साउने मेला सुरु भएको हो । धार्मिक, ऐतिहासिक तथा पर्यटकीय दृष्टिकोणले निकै महत्त्वपूर्ण मानिने तपोभूमि रेसुङ्गा पोखरीमा स्नान गरेमा सम्पूर्ण पापहरु नष्ट भएर पुण्य तथा समृद्धी प्राप्त हुने धार्मिक जनविश्वास रहेको छ ।
चार धामवाट ल्याएको जल (पानी) रेसुङ्गाको पोखरीमा मिसाइएकाले रेसुङ्गा पोखरीमा स्नान गरेमा पुण्य प्राप्त हुने धार्मिक विश्वास रहेको रेसुङ्गा संरक्षण समितिका अध्यक्ष सुरेशचन्द्र भुसालले जानकारी दिए।
बिहीबार बिहानैबाट रेसुङ्गा पोखरीमा स्नान गरी यज्ञशालाको दर्शन गर्ने दर्शनार्र्थीहरुको घुइँचो लागेको छ । मेलाकोे अवलोकन गर्न गुल्मीसहित अर्घाखाँची, पाल्पा, स्याङजा, प्युठान, बाग्लुङ्ग लगाएतका स्थानबाट दर्शनार्थीहरु आउने गरेको समितिका अध्यक्ष भुसालले बताए ।
साउने मेलाभर रेसुङ्गामा विद्वानहरुबाट प्रवचन, सामूहिक रुद्री, ग्रहजप, भक्तिसंगीत प्रतियोगिता लगायतका बिशेष कार्यक्रम गरिने रेसुङ्गा संरक्षण समितिले जनाएको छ । दैनिक वेद चण्डी, रुद्री, गीता पाठ, पाञ्चायन देवता पुजन हुने समितीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने
- सामसङ नेपालको दशैं–तिहार अफर : दैनिक ३१ र साप्ताहिक ८ जनाले उपहार जित्ने
- सिटिजन्स बैंकको सुदूरपश्चिममा रणनीतिक समीक्षा कार्यक्रम सम्पन्न
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा


ट्रेन्डिङ
खबरमुकाम






