काठमाडौं । गत आर्थिक वर्ष २०८१/८२ मा नेपालबाट हुने निर्यातले रेकर्ड कायम गरेको छ । उक्त आर्थिक वर्षमा नेपालबाट भारतसहित तेस्रो मुलुकमा २ खर्ब ७७ अर्ब ३ करोड रुपैयाँ बराबरको विभिन्न वस्तु निर्यात भएको छ । अघिल्लो आर्थिक वर्ष २०८०/८१ को तुलनामा गत आर्थिक वर्षमा ८१.८० प्रतिशतले निर्यातले छलाङ मारेको छ । गत आर्थिक वर्षमा भएको यो निर्यात दर पछिल्लो ११ वर्षको अवधिमा सबैभन्दा ठूलो छलाङ्ग हो । यसअघि सबैभन्दा बढी आर्थिक वर्ष २०७८/७९ मा २ खर्ब ३ करोड रुपैयाँ बराबरको नेपाली वस्तुको निर्यात भएको थियो ।
गत आर्थिक वर्ष २०८१/८२ मा कूल २० खर्ब ८१ अर्ब १५ करोड २९ लाख रुपैयाँबराबरको वैदेशिक व्यापार भएको थियो । यसमध्ये अघिल्लो वर्षको तुलनामा १३.२५ प्रतिशतको दरले आयात दर बृद्धि भएर गत आर्थिक वर्षमा १८ खर्ब ४ अर्ब १२ करोड २७ लाख रुपैयाँबराबरको विभिन्न वस्तु नेपालमा आयात भएको थियो । नेपालले वैदेशिक व्यापारमा गत आर्थिक वर्षमा १५ खर्ब २७ लाख ९ करोड २५ लाख रुपैयाँबराबरको कूल व्यापार घाटा भएको थियो ।
के कस्ताे भयो अत्यधिक निर्यात ?
गत आर्थिक वर्षमा सबैभन्दा बढी सोयाविन तेल निर्यात भएको छ । नेपालबाट निर्यात भएको कूल २ खर्ब ७७ अर्बमध्ये सोयाविन तेल मात्रै १ खर्ब ६ अर्ब ७९ करोड ८ लाख रुपैयाँबराबरको ५० करोड २३ लाख ५६ हजार किलो भारतमा निर्यात भएको छ । यस्तै १२ अर्ब ३२ करोड ६५ लाख रुपैयाँबराबरको ५ करोड ३२ लाख ३५ हजार लिटर सनफ्लावर बीउ तथा तेल भारततर्फ नै निर्यात भएको छ । तेश्रोमा नेपालको मौलिक उत्पादन ठूलो अलैंची भारततर्फ निर्यात भएको हो । ७ अर्ब ६७ करोड ४० लाख रुपैयाँबराबरको ४२ लाख ९४ हजार किलो निर्यात भएको हो । चौथोमा नेपालमा उत्पादन भएको कार्पेट पनि अत्यधिक परिमाणमा निर्यात भएको छ । गत आर्थिक वर्षमा अमेरिकामा ६ अर्ब ६० करोड ४७ लाख रुपैयाँबराबरको ३ लाख १४ हजार स्क्वायर मिटर अमेरिकामा निर्यात भएको हो ।

यसपछि व्लिच नगरिएका फाइबरबाट बनेको कपडा ५ अर्ब ६९ करोड १ लाख रुपैयाँबराबरको ११ करोड ८३ लाख ९४ हजार स्क्वायर मिटर भारतमा निर्यात भएको छ । यस्तै नेपाली चिया ३ अर्ब ९६ करोड ११ लाख रुपैयाँबराबरको १ करोड ४९ लाख ७९ हजार किलो भारतमा निर्यात भएको छ । यस्तै डगच्यु छुर्पी ३ अर्ब ९२ करोड ७० लाख रुपैयाँबराबरको २१ लाख ३६ हजार ५ सय किलो अमेरिकामा निर्यात भएको छ ।
के के भयो अत्यधिक आयात ?
गत आर्थिक वर्षमा सबैभन्दा बढी डिजेल १ खर्ब २८ अर्ब ७६ करोड १६ लाख रुपैयाँबराबरको आयात भएको छ । यस्तै १ खर्ब ८ अर्ब ९५ करोड ३३ लाख रुपैयाँबराबरको कच्चा सोयाबीन तेल, ६४ अर्ब १२ करोड ७४ लाखबराबरको पेट्रोल, ६२ अर्ब ५८ करोड ७२ लाख रुपैयाँबराबरको खाना पकाउने एलपी ग्यास, ३५ अर्ब ५४ करोड ७३ लाख रुपैयाँबराबरको स्मार्ट मोवाइल फोन, २९ अर्र्ब २ करोड १९ लाख रुपैयाँबराबरको कच्चा सनफ्लावर तेल, २० अर्ब ३५ करोड ७१ लाखको धान, १८ अर्ब ६२ करोडरुपैयाँबराबरको बिद्युतीय गाडीलगायत आयात भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






