काठमाडौँ। सरकारले हिमाल आरोहणका लागि लिँदै आएको सलामी दस्तुर (आरोहण अनुमति शुल्क) बढाएपछि राजस्व सङ्कलन दोब्बरले वृद्धि भएको छ । पर्यटन विभागका अनुसार सरकारले सगरमाथासहितका हिमाल आरोहण गर्न नयाँ शुल्क लागु गरेको १५ दिनभित्रै विगतका वर्षभन्दा सलामी दस्तुर दोब्बरले बढेको हो ।
विभागका निर्देशक हिमाल गौतमले भने, “सरकारले गत भदौ १६ गतेदेखि हिमालको उचाइ अनुसार पर्वतारोहण शुल्क परिवर्तन गरेको छ । ऋतु अनुसार आरोहण शुल्क बढे पनि जारी शरद् ऋतुमा भने विभिन्न हिमाल आरोहण गर्ने आरोही र सलामी शुल्क दोब्बरले बढेको देखिन्छ ।”
उनका अनुसार सन् २०२४ को शरद् ऋतुमा विभिन्न हिमाल आरोहण गर्न १५८ समूहका एक हजार २८० जनाले अनुमति लिएका थिए । उक्त अनुमतिबाट सात करोड ६३ लाख रुपियाँ र त्यसअघि सन् २०२३ मा १७० समूहका एक हजार ३२६ आरोहीले सात लाख ८१ हजार रुपियाँ सलामी दस्तुर बुझाएका थिए । यस वर्ष भने आरोहण अनुमति लिने क्रम जारी रहँदा ४९ समूहबाट १६ करोड रुपियाँभन्दा बढी सलामी दस्तुर सङ्कलन भइसकेको उनले जानकारी दिए। उनका अनुसार सन् २०२५ को शरद् ऋतुमा आरोहण गर्न हालसम्म ३९२ जना पुरुष र १११ जना महिला गरी ४६३ जनाले आरोहण अनुमति लिएका छन् । उक्त अनुमतिबाट १६ करोड ८७ लाख ४६ हजार ७६५ रुपियाँ सरकारी कोषमा दाखिल भएको छ । शरद् ऋतुमा मनासलु आरोहणका लागि बढी आकर्षण हुने गरेको छ । मनासलु आरोहण गर्न मात्रै यस याममा ३७४ जनाले अनुमति लिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






