
काठमाडौँ। सरकारले हिमाल आरोहणका लागि लिँदै आएको सलामी दस्तुर (आरोहण अनुमति शुल्क) बढाएपछि राजस्व सङ्कलन दोब्बरले वृद्धि भएको छ । पर्यटन विभागका अनुसार सरकारले सगरमाथासहितका हिमाल आरोहण गर्न नयाँ शुल्क लागु गरेको १५ दिनभित्रै विगतका वर्षभन्दा सलामी दस्तुर दोब्बरले बढेको हो ।
विभागका निर्देशक हिमाल गौतमले भने, “सरकारले गत भदौ १६ गतेदेखि हिमालको उचाइ अनुसार पर्वतारोहण शुल्क परिवर्तन गरेको छ । ऋतु अनुसार आरोहण शुल्क बढे पनि जारी शरद् ऋतुमा भने विभिन्न हिमाल आरोहण गर्ने आरोही र सलामी शुल्क दोब्बरले बढेको देखिन्छ ।”
उनका अनुसार सन् २०२४ को शरद् ऋतुमा विभिन्न हिमाल आरोहण गर्न १५८ समूहका एक हजार २८० जनाले अनुमति लिएका थिए । उक्त अनुमतिबाट सात करोड ६३ लाख रुपियाँ र त्यसअघि सन् २०२३ मा १७० समूहका एक हजार ३२६ आरोहीले सात लाख ८१ हजार रुपियाँ सलामी दस्तुर बुझाएका थिए । यस वर्ष भने आरोहण अनुमति लिने क्रम जारी रहँदा ४९ समूहबाट १६ करोड रुपियाँभन्दा बढी सलामी दस्तुर सङ्कलन भइसकेको उनले जानकारी दिए। उनका अनुसार सन् २०२५ को शरद् ऋतुमा आरोहण गर्न हालसम्म ३९२ जना पुरुष र १११ जना महिला गरी ४६३ जनाले आरोहण अनुमति लिएका छन् । उक्त अनुमतिबाट १६ करोड ८७ लाख ४६ हजार ७६५ रुपियाँ सरकारी कोषमा दाखिल भएको छ । शरद् ऋतुमा मनासलु आरोहणका लागि बढी आकर्षण हुने गरेको छ । मनासलु आरोहण गर्न मात्रै यस याममा ३७४ जनाले अनुमति लिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार भाइटीकाको उत्तम साइत बिहान ११ः३९ बजे
- पर्यटन क्षेत्रको पुनरुत्थानका लागि रणनीति आवश्यक रहेको सरोकारवालाहरुको जोड
- सांग्रिला डेभलपमेन्ट बैंकद्वारा एससिटी युनियन पे कार्ड सेवा सुरु
- आहा ! मुन्दुम... आहा ! मुन्दुम पदमार्ग.....
- ड्रिम टू प्ले टि-ट्वेन्टी क्रिकेट प्रतियोगिताको उपाधि मोरङलाई
- कोशी प्रदेशको शान पदमार्गमा आधारित पर्यटन
- नेपाल टेलिकमद्वारा जीएसएम पोस्टपेडमा रिक्वेरिङ सजिलो अनलिमिटेड प्याकेज सञ्चालन
- नेपाल बैंकका कर्मचारी र ग्राहकका लागि लिफ प्लससँगको सम्झौतामा २० प्रतिशतसम्म छुट