काठमाडौं । पाटा नेपाल च्याप्टरले प्यासिफिक एशिया ट्राभल एसोसिएसन (पाटा मुख्यालय) द्वारा प्रदान गरिने प्रतिष्ठित ‘पाटा एक्सिलेन्स अवार्ड’ जित्न सफल भएको छ । मलेसियाको सारावाकमा आयोजना हुनगैरहेको पाटा ट्राभल मार्ट २०२६ सुरु हुनुभन्दा एक दिन अगाडि आज १७ अगस्ट २०२६ का दिन सारवाकस्थित कुचिङमा रहेको कमन्स क्याफे, ओल्ड कोर्ट हाउसमा आयोजना गरिएको पाटा च्याप्टर तथा विद्यार्थी च्याप्टर पुरस्कार समारोहबीच पाटाका विभिन्न देशका च्याप्टरहरुमध्ये पाटा नेपाल च्याप्टरलाई एक्सिलेन्स अवार्ड प्रदान गरिएको हो ।
पाटा एक्सिलेन्स अवार्ड हरेक वर्ष ती पाटा च्याप्टर तथा विद्यार्थी च्याप्टरहरूलाई प्रदान गरिन्छ, जसका गतिविधिहरूले विगत एक वर्षमा पाटाका उद्देश्य र लक्ष्यहरू अनुरूप प्यासिफिक एशिया क्षेत्रमा यात्रा तथा पर्यटन उद्योगको विकासप्रतिको समर्पणलाई उत्कृष्ट रूपमा प्रतिनिधित्व गर्दछ ।
पाटा नेपाल च्याप्टरका निवर्तमान अध्यक्ष विभूति चन्द ठाकुरले संस्थाको तर्फबाट यो पुरस्कार ग्रहण गरिन् । पुरस्कारका लागि पाटा मुख्यालयप्रति आभार तथा कृतज्ञता व्यक्त गर्दै उनले पाटा नेपाल च्याप्टरको कार्यकारी समिति र सचिवालय टिमको समर्पित भूमिकालाई पनि उजागर गरे, जसको सक्रिय नेतृत्व सीईओले गरिरहेका छन् । उनले भने, उहाँहरुको योगदानबिना पछिल्लो वर्षहरूमा प्राप्त महत्त्वपूर्ण उपलब्धिहरू सम्भव हुने थिएनन् ।
पाटा नेपाल च्याप्टरका सीईओ सुरेश सिंह बुडालले ‘पाटा एक्सिलेन्स अवार्ड’ पुनः एकपटक प्राप्त गर्नु पाटा नेपाल र समग्र नेपाली पर्यटन क्षेत्रका लागि गौरवको क्षण भएको बताए । उनले पाटा नेपाल च्याप्टरले आफ्नो स्थापनाकाल देखि नेपालको दिगो पर्यटन विकास र प्रवर्धनका लागि निरन्तर रुपमा सक्रिय वकालत र सहभागितामूलक भूमिकामा उत्कृष्टता प्रदर्शन गर्दै विश्वभरका सबैभन्दा सक्रिय पाटा च्याप्टरहरूमध्ये एक अब्बल संस्थाको रुपमा पहिचान स्थापित गरेको उल्लेख गरे । साथै, पाटा मुख्यालयबाट प्राप्त यो अवार्डले संस्थाले दिगो तथा जिम्मेवार पर्यटन विकास र प्रवर्धनका लागि निरन्तर रुपमा निर्वाह गर्दैआएको भूमिकालाई अझ सशक्त बनाउन प्रेरित गर्ने उनले बताए ।
पाटा नेपाल च्याप्टरको बारेमा
प्यासिफिक एशिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टर विश्वभर रहेका स्वतन्त्र पाटा च्याप्टरहरूमध्ये एक हो, जुन सन् १९७५ मा पाटा मुख्यालयको उद्देश्यर भावना अनुरूप स्थापना भएको हो । नेपालको पर्यटन क्षेत्रमा आबद्ध सार्वजनिक र निजी दुवै क्षेत्रका करिब सबै पक्षका सदस्य संस्थाहरु र सरोकारवालाहरू सामेल भएको एकमात्र संघसंस्था हो, जसले नेपाल तथा सोभन्दा बाहिर यात्रा तथा पर्यटन उद्योगको प्रवर्धन र दिगो एवम् जिम्मेवार विकासका लागि निरन्तर सक्रिय वकालत र सहभागितामूलक भूमिका निर्वाह गर्दै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- मुक्तिनाथ विकास बैंकका ग्राहकलाई “बरपिपल रिसोर्ट पोखरा” मा विशेष छुट
- प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय स्थल सेनाध्यक्ष धीरज सेठबीच भेटवार्ता
- सानिमा रिलायन्स लाईफको क्लब अचिभर्स इभेन्ट २०८३ भव्यताका साथ सम्पन्न
- पाटा नेपाल च्याप्टर 'पाटा एक्सिलेन्स अवार्ड २०२६' द्वारा सम्मानित
- रेडमी १७ सिरिज नेपालमा सार्वजनिक, ७,५०० एमएएचको शक्तिशाली ब्याट्री
- रास्वपा कार्यालय पुगेका लैङ्गिक अल्पसंख्यकको गुनासो, संसदमा समुदायको विषय किन उठेन ?
- क्यानडाबाट नेपाली हिपहपको नयाँ स्वाद, भिडियोमा हट देखीइन इभा गिरी
- नेपाल इन्जिनियरिङ कलेज छात्रवृत्ति परीक्षामा पनि विद्यार्थीको घुईचो


ट्रेन्डिङ
खबरमुकाम







