काठमाडौं । पाकिस्तानस्थित ब्रड पिक हिमालमा गएको हिमपहिरोमा परेर विश्व कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स दाई) को निधन भएको पुष्टि भएको छ । पुर्जाले स्थापना गरेको इलाइट एक्सपेडले सामाजिक सञ्जालमार्फत उनको निधन भएको जानकारी सार्वजनिक गरेको हो।
हिमपहिरोपछि निर्मल पुर्जासहित १० जना पर्वतारोही बेपत्ता भएका थिए। तीमध्ये ६ जना नेपाली रहेका थिए । उद्धार टोलीले शुक्रबार चार जनाको शव फेला पारेको थियो भने बाँकीको खोजी जारी रहेकै अवस्थामा निर्मल पुर्जाको निधन भएको पुष्टि गरिएको हो ।
निर्मल पुर्जा विश्वका १४ वटा ८,००० मिटरभन्दा अग्ला हिमालहरू अत्यन्त छोटो समयमै आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका नेपाली पर्वतारोहीका रूपमा परिचित थिए । उनको निधनले नेपाली पर्वतारोहण क्षेत्र तथा विश्व पर्वतारोहण समुदायमा गहिरो शोक छाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन



ट्रेन्डिङ
खबरमुकाम





