काठमाडौँ । आर्यतारा शाक्यलाई नेपालकी जीवित देवी श्रीकुमारी पदमा नियुक्त गरी मङ्गलबार दसँैको महाअष्टमीका दिन कुमारीघरमा प्रतिस्थापन गरिने भएको छ ।
आठ वर्षपछि काठमाडौँमा जीवित देवी ‘कुमारी’ परिवर्तन गरिएको हो । कुमारीलाई जीवित देवीका रूपमा पुजिन्छ । हालकी कुमारी तृष्णा शाक्यको कुमारी बस्ने औसत उमेर पूरा भएको छ । तृष्णा २०७४ सालमा कुमारीका रूपमा कुमारीघरमा प्रवेश गरेकि हुन। उनको उमेर १२ वर्ष पूरा भएकाले दसैँको महाअष्टमीका दिन कुमारीघरमा नयाँ कुमारी भित्र्याईने भएको गुठी संस्थान, प्रधान कार्यालयले जनाएको छ ।
काठमाडौँ महानगरपालिका–१७ निवासी अनन्त शाक्य र प्रतिस्था शाक्यकी सुपुत्री आर्यतारा शाक्यलाई गुठी संस्थानको मिति २०८२ असोज ९ गतेको निर्णय अनुसार श्रीकुमारी मातामा नियुक्त गरिएको हो । गुठी संस्थानका प्रशासक शैलेशराज कुँवरले प्रतिस्थापन प्रक्रीयाबारे जानकारी दिँदै नवनियुक्त कुमारीलाई परम्परागत विधि अनुसार जिम्मेवारी हस्तान्तरण सम्पन्न भइसकेको र सम्बन्धित सबैलाई यसबारे आधिकारिक रूपमा सूचित गरिएको बताए।
नेपालमा ‘कुमारी’ प्रथा एक जीवित देवीका रूपमा मानिन्छ, जसलाई ‘तलेजु भवानी’ को अवतारका रूपमा पूजा गरिन्छ । विशेष गरी काठमाडौँको वसन्तपुर दरबार क्षेत्रमा बस्ने कुमारीलाई राजकीय कुमारी मानिन्छ । दसैँ, इन्द्रजात्रालगायतका महìवपूर्ण चाडपर्वमा नवनियुक्त कुमारीको उपस्थितिलाई विशेष महìव दिइन्छ । कुँवरका अनुसार कुमारी चयन प्रव्रिmया अत्यन्तै परम्परागत मानक अनुसार हुने गर्छ । उमेर, स्वास्थ्य, पारिवारिक पृष्ठभूमि, तथा विशेष शारीरिक–आध्यात्मिक लक्षणका आधारमा गुठी संस्थान र सम्बन्धित जातीय समुदायका प्रतिनिधिहरूको सहभागितामा नयाँ कुमारी चयन गरिन्छ ।
नवनियुक्त जीवित देवी आर्यतारा शाक्य अब वसन्तपुरस्थित कुमारीघरमै बस्नुहुने छ । कुमारीलाई धार्मिक कार्य, पूजाआजा र राज्यका प्रमुख चाडपर्वमा विधिपूर्वक उपस्थित गराइने परम्परा छ । वसन्तपुरस्थित कुमारीघरका प्रतिनिधि तथा इन्द्रजात्रा संरक्षण समितिका अध्यक्ष गौतम शाक्यका अनुसार तृष्णा शाक्यलाई बाजागाजाका साथ बिदाइ गरी आर्यतारा शाक्यलाई प्रतिस्थापन गरिने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने
- सामसङ नेपालको दशैं–तिहार अफर : दैनिक ३१ र साप्ताहिक ८ जनाले उपहार जित्ने
- सिटिजन्स बैंकको सुदूरपश्चिममा रणनीतिक समीक्षा कार्यक्रम सम्पन्न
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा


ट्रेन्डिङ
खबरमुकाम






