प्रतिनिधिसभाको बैठक आज पनि सर्‍यो

काठमाडौं । संघीय संसद्को तल्लो सदन प्रतिनिधिसभाको बैठक आज पनि स्थगित भएको छ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चितवनमा जारी प्रथम महाधिवेशन नसकिएका कारण यसको असर प्रतिनिधिसभामा परेको हो । 

संघीय संसद सचिवालयले आज दिउँसो १ बजेका लागि तय भएको प्रतिनिधिसभाको बैठक स्थगित भएको सूचना निकालेको छ । सचिवालयले विशेष कारणवश भन्दै बैठक शनिबार बिहान ११ बजे बस्नेगरी स्थगित भएको सूचना निकालेको हो । 

यस अघि बिहीबार बिहान ११ बजे बस्ने गरी तय भएको बैठक सूचना निकालेर शुक्रबारका लागि सारिएको थियो । १० गते सक्नेगरी सुरु भएको रास्वपाको महाधिवेशन आजसम्म पनि सम्पन्न हुन सकेको छैन ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै