रास्वपा महाधिवेशनमा मतदान जारी

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनमा नेतृत्व चयनका लागि बुधबार रातिदेखि मतदान जारी छ । गएराति १२ बजेबाट मतदान सुरु भएको मतदान हालसम्म पनि जारी रहेको हो । 

मतदानको समय मध्याह्न १२ बजेसम्मलाई तोकिएको छ । आज बिहान ८ बजेसम्म दुई हजार प्रतिनिधिले मतदान गरेका छन् । यही रफ्तारले मतदान भए यो प्रक्रिया आज मध्यान्ह १२ बजेसम्ममा सकिने बताइएको छ । विद्युतीय मेसिनबाट मतदान भएकोले गणना भने दुई घण्टामा सकिने प्राविधिकको भनाइ रहेको छ । 

९९ केन्द्रीय सदस्य पदका लागि २०४ जना उमेदवारले आफ्नो उमेदवारी दर्ता गराएका छन् । करिब ४२ सय मतदाताले रास्वपाको नेतृत्व चयनका लागि मतदानमा भाग लिएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै