काठमाडौं । दक्षिण कोरियामाथि १–० को रोमाञ्चक जित निकाल्दै दक्षिण अफ्रिका विश्वकप फुटबल प्रतियोगिताको नकआउट चरण (अन्तिम ३२) मा प्रवेश गरेको छ । एस्टाडियो मोन्टेरे स्टेडियममा सम्पन्न समूह चरणको अन्तिम खेलमा जित हासिल गर्दै दक्षिण अफ्रिका समूहको उपविजेताका रूपमा अन्तिम ३२ मा स्थान बनाउन सफल भएको हो ।
खेल सकिएलगत्तै दक्षिण अफ्रिकी खेलाडी तथा समर्थकहरूले मैदानमै उत्साहपूर्ण रूपमा खुसीयाली मनाएका थिए । यस समूहबाट मेक्सिकोले यसअघि नै लगातार जित दर्ता गर्दै समूह विजेताका रूपमा आफ्नो स्थान सुरक्षित गरिसकेको थियो । समूह चरणको अर्को खेलमा मेक्सिकोले मेक्सिको सिटी स्टेडियममा चेक गणतन्त्रको सामना गरेको थियो ।
समूह विजेताको टुंगो लागिसके पनि उपविजेता बन्ने होड भने निकै प्रतिस्पर्धात्मक बनेको थियो । अन्ततः दक्षिण कोरियालाई पछि पार्दै दक्षिण अफ्रिकाले अन्तिम ३२ मा स्थान सुरक्षित गर्न सफल भयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन



ट्रेन्डिङ
खबरमुकाम





