काठमाडौं । आज आषाढ कृष्ण पक्षको निर्जला एकादशी पर्व श्रद्धा र भक्तिपूर्वक मनाइँदै छ । वैदिक सनातन परम्पराअनुसार आजको दिन भगवान विष्णुको पूजा–आराधना गरी व्रत बस्ने तथा तुलसीको मठमा दल राख्ने चलन छ ।
निर्जला एकादशीलाई वर्षभरिका २४ वटा एकादशीमध्ये विशेष महत्वको एकादशीका रूपमा लिने गरिन्छ । धार्मिक मान्यताअनुसार आजको दिन जलसमेत ग्रहण नगरी व्रत बसेमा सबै एकादशी व्रतको पुण्य प्राप्त हुने विश्वास छ ।
यस अवसरमा भक्तजनहरूले बिहानै स्नान गरी भगवान विष्णु, तुलसी तथा पीपलको पूजा गर्ने, मन्दिरमा दर्शन गर्ने र दान–पुण्य गर्ने परम्परा छ । आजकै दिन घर–घरमा रहेको तुलसीको मठमा नयाँ दल राख्ने प्रचलन पनि रहेको छ ।
धार्मिक विश्वासअनुसार निर्जला एकादशीको व्रत, पूजा र दान–पुण्यले मनोकामना पूरा हुने, पाप नाश हुने तथा सुख, शान्ति र समृद्धि प्राप्त हुने जनविश्वास रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन
- एभरेस्ट बैंकको धनगढीमा नयाँ भवनसहित १३४औँ शाखा सञ्चालन
- हुथी विद्रोहीको सैन्य अभियान तीव्र, बाब अल–मन्देब क्षेत्रमा बढ्यो तनाव

ट्रेन्डिङ
खबरमुकाम






