काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन तथा स्वदेशी उद्यमी र व्यवसायीसँगको परामर्शका आधारमा सरकारले सरकारी निकायमा स्वदेशी उत्पादन तथा सेवाको प्रयोगलाई प्राथमिकता दिने भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बुधबार सबै सरकारी निकायलाई पत्राचार गर्दै स्थानीय सीप तथा उद्यमको प्रवर्द्धन, रोजगारी सिर्जना र आयात प्रतिस्थापन गर्ने उद्देश्यले स्वदेशी वस्तु तथा सेवा प्रयोग गर्न आग्रह गरेको हो ।
पत्रमार्फत संघीय मन्त्रालय, प्रदेश तथा स्थानीय तहका सरकारी निकायसँगै विदेशस्थित नेपाली नियोगलाई समेत स्वदेशी उत्पादनलाई प्राथमिकता दिन भनिएको छ ।
सरकारी निकायले अब स्टेशनरी, फर्निचर, निर्माण सामग्री तथा खाद्य वस्तु खरिद गर्दा नेपाली उत्पादनलाई प्राथमिकता दिनुपर्नेछ । त्यस्तै, सरकारी बैठक, समारोह तथा कोसेलीमा नेपाली हस्तकलाका सामग्री प्रयोग गर्न पनि आग्रह गरिएको छ ।
सार्वजनिक निकायले बोलपत्रसम्बन्धी कागजातमा स्वदेशी वस्तुलाई प्राथमिकता दिने व्यवस्था अनिवार्य रूपमा उल्लेख गर्नुपर्ने जनाइएको छ । उक्त व्यवस्थाको नियमित अनुगमन तथा त्रैमासिक निरीक्षण गर्नुपर्ने प्रावधानसमेत पत्रमा राखिएको छ ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार स्वदेशी उत्पादनको प्रयोग बढाएर नेपाली उद्यमी तथा व्यवसायीलाई प्रोत्साहन गर्ने, मुलुकभित्रै रोजगारी सिर्जना गर्ने र आर्थिक गतिविधि विस्तार गर्ने उद्देश्यले यस्तो व्यवस्था अघि बढाइएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राप्रपा प्रदेश संसदीय दलका नेता थापाको पद गयो, पार्टी सदस्यता पनि निलम्बन
- टप दरबार रोधीमा शुक्रबारदेखि आइतबारसम्म ‘लोकदोहोरी मेला’ लाग्ने
- मुक्तिनाथ विकास बैंकद्वारा चाडपर्वको अवसरमा विशेष कृषि तथा एसएमई कर्जा योजना सार्वजनिक
- एनएमबि बैंकमा अनलाइनबाटै कर्जा आवेदन दिन र स्थिति हेर्न सकिने
- नामी भिगो ई२ रु. ३५.९९ लाखमा सार्वजनिक: सर्वाधिक स्पेस, सर्वाधिक फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल एसयूभी
- गरिमा विकास बैंकको केन्द्रीय कार्यालय नवनिर्मित भवनमा स्थानान्तरण
- प्रधानमन्त्री शाहको निर्देशन, सरकारी निकायमा स्वदेशी उत्पादन प्रयोग गर्नु
- बाढीपहिरोले विभिन्न राजमार्ग अवरुद्ध, केही सडकमा एकतर्फी यातायात



ट्रेन्डिङ
खबरमुकाम






