काठमाडौं । बाढीपहिरोका कारण देशका विभिन्न राजमार्ग तथा सडकखण्ड आज पनि अवरुद्ध भएका छन् । केही सडकमा भने एकतर्फी रूपमा यातायात सञ्चालन भइरहेको प्रहरीले जनाएको छ ।
इलाममा मेची राजमार्ग, काभ्रेमा बीपी राजमार्ग, मकवानपुरमा कान्तीलोकपथ, सिन्धुपाल्चोकमा अरनिको राजमार्ग, रसुवामा त्रिशूली–मैलुङ सडक, नुवाकोटमा टोखा–छहरे सडक, लमजुङमा बेँसीसहर–मनाङ सडक र रुकुम पश्चिममा जाजरकोट–डोल्पा सडक पूर्णरूपमा अवरुद्ध छन् ।
मेची राजमार्ग अवरुद्ध भए पनि इलाममा वैकल्पिक सडकमार्फत यातायात सञ्चालन भइरहेको छ । काभ्रेमा बीपी राजमार्ग रातको समयमा बन्द रहे पनि दिनको समयमा सवारीसाधन सञ्चालन भइरहेको प्रहरीले जनाएको छ ।
त्यसैगरी बागलुङको कालीगण्डकी करिडोर, मुस्ताङको बेनी–जोमसोम र जोमसोम–कोरला सडकखण्डमा एकतर्फी रूपमा मात्रै सवारीसाधन सञ्चालन भइरहेका छन् ।
बाढीपहिरोका कारण सडक अवरुद्ध भएपछि यात्रु तथा सवारीसाधनलाई वैकल्पिक मार्ग प्रयोग गर्न र यात्रा गर्दा आवश्यक सतर्कता अपनाउन प्रहरीले आग्रह गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राप्रपा प्रदेश संसदीय दलका नेता थापाको पद गयो, पार्टी सदस्यता पनि निलम्बन
- टप दरबार रोधीमा शुक्रबारदेखि आइतबारसम्म ‘लोकदोहोरी मेला’ लाग्ने
- मुक्तिनाथ विकास बैंकद्वारा चाडपर्वको अवसरमा विशेष कृषि तथा एसएमई कर्जा योजना सार्वजनिक
- एनएमबि बैंकमा अनलाइनबाटै कर्जा आवेदन दिन र स्थिति हेर्न सकिने
- नामी भिगो ई२ रु. ३५.९९ लाखमा सार्वजनिक: सर्वाधिक स्पेस, सर्वाधिक फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल एसयूभी
- गरिमा विकास बैंकको केन्द्रीय कार्यालय नवनिर्मित भवनमा स्थानान्तरण
- प्रधानमन्त्री शाहको निर्देशन, सरकारी निकायमा स्वदेशी उत्पादन प्रयोग गर्नु
- बाढीपहिरोले विभिन्न राजमार्ग अवरुद्ध, केही सडकमा एकतर्फी यातायात



ट्रेन्डिङ
खबरमुकाम






