काठमाडौं । बाढीपहिरोका कारण देशका विभिन्न राजमार्ग तथा सडकखण्ड आज पनि अवरुद्ध भएका छन् । केही सडकमा भने एकतर्फी रूपमा यातायात सञ्चालन भइरहेको प्रहरीले जनाएको छ ।
इलाममा मेची राजमार्ग, काभ्रेमा बीपी राजमार्ग, मकवानपुरमा कान्तीलोकपथ, सिन्धुपाल्चोकमा अरनिको राजमार्ग, रसुवामा त्रिशूली–मैलुङ सडक, नुवाकोटमा टोखा–छहरे सडक, लमजुङमा बेँसीसहर–मनाङ सडक र रुकुम पश्चिममा जाजरकोट–डोल्पा सडक पूर्णरूपमा अवरुद्ध छन् ।
मेची राजमार्ग अवरुद्ध भए पनि इलाममा वैकल्पिक सडकमार्फत यातायात सञ्चालन भइरहेको छ । काभ्रेमा बीपी राजमार्ग रातको समयमा बन्द रहे पनि दिनको समयमा सवारीसाधन सञ्चालन भइरहेको प्रहरीले जनाएको छ ।
त्यसैगरी बागलुङको कालीगण्डकी करिडोर, मुस्ताङको बेनी–जोमसोम र जोमसोम–कोरला सडकखण्डमा एकतर्फी रूपमा मात्रै सवारीसाधन सञ्चालन भइरहेका छन् ।
बाढीपहिरोका कारण सडक अवरुद्ध भएपछि यात्रु तथा सवारीसाधनलाई वैकल्पिक मार्ग प्रयोग गर्न र यात्रा गर्दा आवश्यक सतर्कता अपनाउन प्रहरीले आग्रह गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन



ट्रेन्डिङ
खबरमुकाम





