टप दरबार रोधीमा शुक्रबारदेखि आइतबारसम्म ‘लोकदोहोरी मेला’ लाग्ने

काठमाडौं । काठमाडौंको जमलमा रहेको टप दरबार रोधी क्लबमा ३ दिने ‘लोकदोहोरी मेला’ लाग्ने भएको छ । मेला भदौ ५ गते शुक्रबारदेखि आइतबारसम्म तीन दिनका लागि आयोजना गरिएको हो । उक्त मेलामा नेपाली लोक तथा दोहोरी क्षेत्रमा ख्याति कमाएका थुप्रै कलाकारको विशेष प्रस्तुति रहने भएको छ । 

नेपाली मौलिक कला, संस्कृति, लोकसंगीत तथा रोधी परम्पराको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्ने उद्देश्यले लोकदोहोरी मेला आयोजना गर्न लागिएको क्लबले जनाएको छ । आयोजक संस्थाले दिएको जानकारी अनुसार मेलामा राजु परियार, बद्री पंगेनी, प्रकाश सपूत, दुर्गेश थापा, प्रेमराजा महत, पुरुषोत्तम न्यौपाने, कृष्ण कँडेल, अर्जुन सापकोटा, पशुपति शर्मा, चन्द्र शर्मा, प्रकाश दुतराज, राजु ढकाल, देवी घर्ती, ज्योति मगर, प्रीति आले, वसन्त थापा र एलिना चौहानलगायतले गीतको माध्यमबाट मनोरञ्जन दिने छन् भने प्रियंका कार्कीको विशेष प्रस्तुति रहने भएको छ ।

टप दरबार रोधी क्लबमा नियमित रूपमा आबद्ध करिब ६० जना कलाकारको समेत विशेष प्रस्तुति रहने क्लबले पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ ।

७ करोड रुपैयाँ लगानीमा सञ्चालनमा आएको क्लबमा एक पटकमा करिब २ सय जना अट्ने क्षमता छ । प्रत्यक्ष रूपमा १ सय भन्दा बढीलाई रोजगारी प्रदान गरिएको क्लबका सञ्चालक अशोक गिरीले बताएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

ताजा उपडेट

छुटाउनुभयो कि?

सबै