राठी ट्रेडिङ कम्पनीद्वारा अत्याधुनिक सर्भिस सेन्टर र चार्जिङ नेटवर्क सञ्चालन 

काठमाडौं । चीनको प्रसिद्ध कम्पनी शाङच मोटर्सद्वारा उत्पादित आरजेडएम ब्रान्डका सवारी साधनको नेपालका लागि आधिकारिक वितरक राठी ट्रेडिङ कम्पनी प्रा.लि. ले अत्याधुनिक सर्भिस सेन्टरका साथै चार्जिङ नेटवर्क सञ्चालनमा ल्याएको छ । कम्पनीले भक्तपुरको मनोहरास्थित राठी अटो वर्क्स र राठी चार्जिङ नेटवर्क सञ्चालनमा ल्याएको हो । 

एक कार्यक्रमका बिच बुधबार शाङच मोटर्सका इन्टरनेसनल जनरल म्यानेजर मिस्टर केन सुन र राठी ट्रेडिङ कम्पनीका अध्यक्ष दिनेश कुमार राठीले राठी अटो वर्क्स र राठी चार्जिङ नेटवर्कको औपचारिक रुपमा शुभारम्भ गरे । सो अवसरमा शाङच आरजेडएम अटोका इन्टरनेसनल जनरल म्यानेजर केन सुनले नेपालमा ईभीको बढ्दो प्रयोगसँगै गुणस्तरीय ईभी उपलब्ध गराउने उद्देश्यका साथ कम्पनीले कार्य गरिरहेको बताउदै यसका साथमा स्पेयर पार्ट्स र अन्य नेटवर्कमा समेत जोड दिने बताए । 

राठी ट्रेडिङ कम्पनीका अध्यक्ष दिनेश कुमार राठीले गाडी बिक्री पश्चात ग्राहकलाई राम्रो सेवा दिनु, आवश्यक स्पेयर पार्ट्स उपलब्ध गराउनु र भरपर्दो चार्जिङ सुविधा निर्माण गर्नु कम्पनीको प्रमुख जिम्मेवारी भएकाले वर्कशप र चार्जिङ नेटवर्क त्यसैको प्रतिबद्धता भएको बताए । 

राठी ट्रेडिङ कम्पनीका सीईओ मनोज खतिवडाले सवारी साधन बिक्री पश्चात ईभीका लागि विशेष रुपमा चार्जिङ नेटवर्कमा ध्यान दिनुपर्ने आवश्यकतामा जोड दिदै यसै अनुसार कम्पनीले देशभर सर्भिस र चार्जिङ नेटवर्क विस्तार कार्य गरिरहेको बताए । 

कार्यक्रममा ट्राफिक प्रहरी प्रभाग, गट्ठाघरका प्रहरी नायव निरीक्षक बिक्रम बिकले सवारी चलाउदा अपनाउनु पर्ने आवश्यक सचेतना वारेमा जानकारीमूलक प्रस्तुतीकरण गर्दै ईभीमा धेरै प्रविधि प्रयोग हुने भएकाले अझै सचेत हुनुपर्ने बताए । 

एकै स्थानमा विद्युतीय सवारी साधनको सर्भिसिङका साथै चार्जिङ समेत गर्न सकिने उक्त सर्भिस सेन्टरमा एकै पटक १२ सवारी साधन चार्ज गर्न सकिन्छ । यसका लागि अन्तर्राष्ट्रिय मापदण्ड बमोजिमका विभिन्न सुविधा रहेका छन् । 

प्रशस्तै पार्किङका साथ ग्राहकका लागि आवश्यक बस्ने व्यवस्था र क्याफेका साथमा वर्कशपमा भइरहेका गतिविधि लाइभ हेर्न सकिने व्यवस्था छ । एकै स्थानमा सर्भिसिङ, चार्जिङ र वासिङ लगायतका विभिन्न सुविधा उपलब्ध हुनेछ । 

सर्भिसिङका लागि आवश्यक स्पेयर पार्ट्स, लुब्रिकेन्ट्स र इलेक्ट्रिकल पार्ट्स लगायत सबै स्टकमा रहेका छन् । सामान्य पार्ट्स नेपालभर जुनसुकै स्थानमा पनि ४८ घण्टा भित्र र अन्य पार्ट्स ७२ घण्टा भित्र उपलब्ध गराउने व्यवस्था गरिएको छ । 

हाल काठमाडौंमा ४८० किलोवाट क्षमताको चार्जिङ स्टेसन सञ्चालनमा आएको हो । यो नेपालमा उपलब्ध सबैभन्दा छिटो चार्ज हुने चार्जिङ स्टेसन मध्ये एक हो । यसमा ४८० किलोवाटको चार्जर प्रयोग गर्न सकिन्छ । नवलपरासीको गैडाकोटमा पनि कम्पनीले ६४० किलोवाटको चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको छ । यही वर्ष नै देशका मुख्य सहरमा पूर्वदेखि पश्चिमसम्म चार्जिङ स्टेसन विस्तार गर्ने र प्रत्येक सुविधा सहितको ४ मेगावाटको चार्जिङ स्टेसन विस्तार गर्ने कम्पनीको योजना रहेको छ । वान स्टप सोलुसनको रुपमा यी चार्जिङ स्टेसन सञ्चालनमा आउने छन् । 

राठी ट्रेडिङले चीनको प्रसिद्ध कम्पनी शाङच मोटर्सद्वारा उत्पादित आरजेडएम ई५ र आर५ गरी दुई मोडलका ईभी भ्यान बिक्रीका लागि उपलब्ध गराइरहेको छ । 

आरजेडएम ई५ मा ५३.५ किलोवाट आवरको सीएटीएलको थर्ड जेनेरेसन ब्याट्री प्रयोग गरिएको छ । यसले सिंगल चार्जमा डब्लुएलटीपी बमोजिम करिव ३०० किलोमिटरको रेन्ज दिन्छ । त्यसैगरी आर५ मा ७७.२८ र ८६.५५ किलोवाट आवरको ब्याट्री छ, जसले सिंगल चार्जमा ३३० र ४०० किलोमिटर सम्मको रेन्ज दिन्छ । यसलाई ६० किलोवाटको चार्जर प्रयोग गरी ४५ मिनेटमै चार्ज गर्न सकिन्छ । 

१८० एमएम ग्राउन्ड क्लियरेन्स भएको आरजेडएमका ईभी भ्यानमा बकेट सिट, इलेक्ट्रिक पार्किङ ब्रेक सहित चारै चक्कामा डिस्क ब्रेक, अटो होल्ड, हिल असिस्ट, पावरफुल एसी, ६४ इन्चको इन्टरनल हाइट, डायमन्ड कट अलोय ह्विल र स्पेयर ह्विल तथा अन्डर बडी प्रोटेक्सन लगायतका विभिन्न फिचर रहेका छन् । 

नेपाली सडकमा परीक्षण गरेर त्यही अनुसार सुधार गरेर उत्कृष्टता दिने गरिएको कारण पनि यी गाडी धेरैको रोजाइमा परेका छन् । कम्पनीले ब्याट्रीमा ७ वर्ष वा ४ लाख किलोमिटर र मोटर र अन्यमा ५ वर्ष वा २ लाख किलोमिटर सम्मको वारेन्टी उपलब्ध गराउछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै