मुक्तिनाथ विकास बैंकद्वारा चाडपर्वको अवसरमा विशेष कृषि तथा एसएमई कर्जा योजना सार्वजनिक 

काठमाडौं । नेपालीहरुको नजिकिदै गरेका तीज, दशैं, तिहार तथा छठ पर्व लगायतका चाडपर्वको उत्साहसँगै आर्थिक गतिविधि तथा व्यवसाय विस्तारलाई थप प्रोत्साहन गर्ने उद्देश्यले मक्तिनाथ विकास बैंकले कृषि तथा एसएमई व्यवसाय कर्जामा विशेष सुविधा योजना ल्याएको छ । बैंकले कृषि, व्यवसाय तथा एसएमई क्षेत्रमा प्रवाह गर्ने विभिन्न कर्जा शीर्षकहरूमा बेस रेटमा प्रकाशित प्रिमियम रेटमात्र थप गरी कर्जा उपलब्ध गराउने निर्णय गरेको हो । 

यस विशेष योजना अन्तर्गत कृषि तथा एसएमई कर्जा शिर्षकमा प्रिमियम रेट न्यूनतम शून्य दशमलव पाँच प्रतिशतमा नै कर्जा प्राप्त गर्न सक्नेछन् । साथै, ग्राहकहरूलाई थप सहुलियत प्रदान गर्ने उद्देश्यले कर्जा प्रवाह गर्दा लाग्ने कर्जा प्रशासनिक शूल्कमा समेत २५ प्रतिशत छुट प्रदान गरिनेछ । यस योजनाबाट चाडपर्वको समयमा व्यवसायको वृद्धि तथा ग्राहकहरुको वित्तीय आवश्यकतालाई सम्बोधन गर्न कृषि र साना तथा मझौला व्यवसायीहरुलार्ई आवश्यक पर्ने वित्तीय स्रोत जुटाउन सहयोग पुग्ने बैंकको विश्वास छ । यो विशेष योजना सीमित अवधिका लागि मात्र उपलब्ध हुनेछ । 

यस योजना अन्तर्गत कृषि तथा एसएमई व्यवसाय विस्तार, उद्यम सञ्चालन, कार्यशील पूँजी तथा सम्बन्धित प्रयोजनका लागि आवश्यक कर्जा लिन चाहने ग्राहकहरूले लाभ लिन सक्नेछन् । अन्य बैंक तथा वित्तीय संस्थाको कर्जा स्वाप गर्न समेत उक्त कर्जा उपलब्ध हुनेछ । उक्त विशेष कर्जा सुविधा बैंकका देशभर रहेका १७६ वटै शाखाबाट प्राप्त गर्न सकिनेछ । ग्राहकहरूले आफ्नो नजिकको शाखामा सम्पर्क गरी सम्बन्धित कर्जा उत्पादन, लागू हुने ब्याजदर, आवश्यक कागजात तथा अन्य शर्तसम्बन्धी विस्तृत जानकारी लिन सक्नेछन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

ताजा उपडेट

छुटाउनुभयो कि?

सबै