काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापाको पद गएको छ । पार्टी केन्द्रले नेता थापालाई अनुशासनको कारबाही गर्दै प्रदेश सांसदबाट पदमुक्त गरेको हो ।
राप्रपाको आज बसेको सचिवालय बैठकले थापालाई प्रदेश सांसदबाट पदमुक्त गर्दै पार्टी सदस्यता समेत खारेज गर्ने निर्णय गरेको जानकारी दिएको छ । बाग्मती प्रदेश सरकार गठनका क्रममा नेकपा एमालेलाई समर्थन गरेको आरोपमा थापामाथि कारबाही गरिएको जनाइएको हो ।
थापाले पार्टीको निर्णयविपरीत एमाले नेतृत्वको सरकारलाई समर्थन गरेको भन्दै राप्रपाले यसअघि पनि उनको भूमिकाप्रति असन्तुष्टि जनाउँदै आएको थियो ।
बैठकमा नेता कमल थापाले भने थापामाथि कारबाही गर्ने निर्णयप्रति नोट अफ डिसेन्ट लेखेका छन् । उनी उद्धव थापालाई कारबाही गर्न नहुने पक्षमा उभिएको बताइएको छ ।
कारबाहीको विषयलाई लिएर सचिवालय बैठकमा नेताहरूबीच चर्काचर्कीसमेत भएको बताइएको छ । राप्रपाले बाग्मती प्रदेश सरकार निर्माणका क्रममा पार्टीको निर्णय र निर्देशनविपरीत कुनै पनि दललाई समर्थन नगर्न आफ्ना प्रदेशसभा सदस्यलाई निर्देशन दिएको थियो ।
सोही निर्णयविपरीत एमाले नेतृत्वको सरकारलाई समर्थन गरेको विषयलाई लिएर उद्धव थापामाथि अनुशासनको कारबाही गरिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राप्रपा प्रदेश संसदीय दलका नेता थापाको पद गयो, पार्टी सदस्यता पनि निलम्बन
- टप दरबार रोधीमा शुक्रबारदेखि आइतबारसम्म ‘लोकदोहोरी मेला’ लाग्ने
- मुक्तिनाथ विकास बैंकद्वारा चाडपर्वको अवसरमा विशेष कृषि तथा एसएमई कर्जा योजना सार्वजनिक
- एनएमबि बैंकमा अनलाइनबाटै कर्जा आवेदन दिन र स्थिति हेर्न सकिने
- नामी भिगो ई२ रु. ३५.९९ लाखमा सार्वजनिक: सर्वाधिक स्पेस, सर्वाधिक फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल एसयूभी
- गरिमा विकास बैंकको केन्द्रीय कार्यालय नवनिर्मित भवनमा स्थानान्तरण
- प्रधानमन्त्री शाहको निर्देशन, सरकारी निकायमा स्वदेशी उत्पादन प्रयोग गर्नु
- बाढीपहिरोले विभिन्न राजमार्ग अवरुद्ध, केही सडकमा एकतर्फी यातायात



ट्रेन्डिङ
खबरमुकाम






