काठमाडौं । याङ्गो ग्रुप अन्तर्गतको याङ्गो राइडले ट्राफिक प्रहरीसँगको सहकार्यमा काठमाडौंमा सडक सुरक्षा सचेतना कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा फ्लीट पार्टनर ईन्नोहब प्रा.लि. मार्फत २०० नयाँ मोटरसाइकल चालकलाई मोटरसाइकल वितरण गरिएको थियो भने २०० भन्दा बढी हेल्मेट र रेनकोट पनि प्रदान गरिएको थियो ।
कार्यक्रममा वर्षायाममा सुरक्षित रूपमा मोटरसाइकल चलाउने तरिका, ट्राफिक नियम, सडक सुरक्षा र नागरिक जिम्मेवारीबारे ट्राफिक प्रहरीद्वारा प्रशिक्षण दिइएको थियो ।
प्रशिक्षण कार्याक्रमपछि याङ्गो राइड नेपालका कन्ट्री मेनेजर सन्तोष पाण्डेले भने– ‘याङ्गोको उद्देश्य चालक, यात्रु र स्थानीय व्यवसाय सबैलाई लाभ पुग्ने वातावरण निर्माण गर्नु हो । स्थानीय फ्लीट पार्टनरसँगको सहकार्यले चालकहरूलाई सजिलो आम्दानीको अवसर प्रदान गर्नुका साथै नेपालको डिजिटल अर्थतन्त्रलाई पनि सहयोग पुर्याइरहेको छ ।’
उनले थप भने–‘याङ्गोको लागि सुरक्षा पहिलो प्राथमिकता हो । ट्राफिक प्रहरीसँग मिलेर चालकहरूलाई आवश्यक सुरक्षा ज्ञान र सामग्री उपलब्ध गराउन पाउँदा हामी खुशी छौं । आगामी दिनमा पनि चालक र यात्रुको सुरक्षालाई प्राथमिकतामा राख्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिनेछौं ।’
कार्यक्रममा ईन्नोहब प्रा.लि.ले नयाँ चालकहरूलाई मोटरसाइकल र हेल्मेट उपलब्ध गराएको थियो । याङ्गो राइडलले स्थानीय साझेदारसँगको सहकार्यमार्फत सुरक्षित र भरपर्दो यातायात सेवा विस्तार गर्ने तथा चालकहरूका लागि रोजगारीका अवसर बढाउने लक्ष्य लिएको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन



ट्रेन्डिङ
खबरमुकाम





