वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्धको सम्भावित सैन्य कारबाही तत्कालका लागि स्थगित गरिएको घोषणा गरेका छन् । उनले आफ्नै सामाजिक सञ्जालमार्फत शान्ति सम्झौता अन्तिम चरणमा पुगेको दाबी गरेका हुन् ।
ट्रम्पका अनुसार संयुक्त राज्य अमेरिका सैन्य रूपमा कारबाही गर्न पूर्ण रूपमा सक्षम भए पनि इरान तथा मध्यपूर्वका केही मुलुकको आग्रहलाई ध्यानमा राख्दै आक्रमण रोक्ने निर्णय गरिएको हो । उनले सम्झौताको प्रारूप तयार भइसकेको र अब त्यसलाई अन्तिम रूप दिने प्रक्रिया अघि बढिरहेको बताएका छन् ।
उनले प्रस्तावित सम्झौतामा हर्मुज जलडमरूमध्य तत्काल, पूर्ण र निर्बाध रूपमा सञ्चालनमा ल्याउने तथा इरानसँग सम्बन्धित आणविक जोखिम अन्त्य गर्ने विषय समावेश गरिएको दाबी गरेका छन् ।
ट्रम्पले विश्व शान्ति, क्षेत्रीय स्थिरता र इरानको दीर्घकालीन समृद्धिलाई मध्यनजर गर्दै आक्रमण स्थगित गर्ने निर्णय गरिएको उल्लेख गरेका छन् । साथै, यस निर्णयमा इजरायलले पनि समर्थन जनाएको उनको दाबी छ ।
सामाजिक सञ्जालमा सार्वजनिक सन्देशमार्फत ट्रम्पले सम्बन्धित सबै पक्षलाई वार्तालाई शीघ्र निष्कर्षमा पुर्याई शान्ति सम्झौता सम्पन्न गर्न आग्रह गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन
- एभरेस्ट बैंकको धनगढीमा नयाँ भवनसहित १३४औँ शाखा सञ्चालन

ट्रेन्डिङ
खबरमुकाम






