काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ परेका छन् । उनलाई आइतबार बिहान काठमाडौंको महाराजगञ्जस्थित निवासबाटै पक्राउ गरिएको हो ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले जबरालाई पक्राउ गरेको जनाइएको छ । पक्राउको कारण भने प्रहरीले औपचारिक रूपमा खुलाएको छैन ।
उपलब्ध विवरणअनुसार जबरालाई पक्राउपछि काठमाडौंकै एक प्रहरी कार्यालयमा राखिएको बताइएको छ । उनी अपराध अनुसन्धान कार्यालय टेकुको हिरासतमा भने नरहेको बताइएको छ ।
यसअघि भदौ २४ गते सर्वोच्च अदालतको संवैधानिक इजलासले जबराविरुद्ध दायर रिट खारेज गरेको थियो । उक्त फैसलापछि उनको पेन्सन तथा पूर्वप्रधानन्यायाधीशका रूपमा पाउने सेवा–सुविधाको बाटो खुलेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन
- एभरेस्ट बैंकको धनगढीमा नयाँ भवनसहित १३४औँ शाखा सञ्चालन
- हुथी विद्रोहीको सैन्य अभियान तीव्र, बाब अल–मन्देब क्षेत्रमा बढ्यो तनाव

ट्रेन्डिङ
खबरमुकाम






