काठमाडौं । इरानी सर्वोच्च नेता मोज्तबा खामेनीको स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई अस्पताल भर्ना गरिएको इजरायली सञ्चारमाध्यमले दाबी गरेका छन् ।
इजरायली च्यानल–१४ ले इरानभित्रका स्रोतलाई उद्धृत गर्दै खामेनीको अवस्था गम्भीर रहेको जनाएको छ । यस्तै, जेरुसेलम पोस्टले उद्धृत गरेको एक स्रोतले पनि उनको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको दाबी गरेको छ ।
सन् २०२६ फेब्रुअरी २८ मा अमेरिका र इजरायलले गरेको संयुक्त सैन्य आक्रमणमा आफ्ना पिता अली खामेनीको मृत्यु भएपछि मोज्तबा खामेनीले सर्वोच्च नेताको जिम्मेवारी सम्हालेको बताइएको छ । तर पदभार ग्रहण गरेयता उनी कुनै सार्वजनिक कार्यक्रममा देखिएका छैनन् ।
खामेनीले लिखित वक्तव्यमार्फत प्रशासनिक तथा राजनीतिक गतिविधि सञ्चालन गर्दै आएको समाचारमा उल्लेख छ । आक्रमणको सुरुवाती चरणमै उनी घाइते भएको दाबीसमेत गरिएको छ ।
राष्ट्रपति मसूद पेजेस्कियानले राष्ट्रिय टेलिभिजनमा दिएको अन्तर्वार्ताका क्रममा खामेनीसँग प्रत्यक्ष संवाद तथा अन्तरक्रिया अहिले ‘निकै कठिन’ रहेको बताएको उल्लेख छ । यसले उनको स्वास्थ्य अवस्थाबारे भइरहेका अड्कलबाजीलाई थप बल दिएको समाचार संस्था एएनआईले जनाएको छ ।
यसअघि इरानको स्वास्थ्य मन्त्रालयका प्रतिनिधिले खामेनीलाई लागेको प्रारम्भिक चोट सतही प्रकृतिको रहेको बताएका थिए । यद्यपि पछिल्लो समय उनको स्वास्थ्य अवस्था गम्भीर बनेको दाबी इजरायली सञ्चारमाध्यमहरूले गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन
- एभरेस्ट बैंकको धनगढीमा नयाँ भवनसहित १३४औँ शाखा सञ्चालन

ट्रेन्डिङ
खबरमुकाम






