काठमाडौं । स्ट्रेट अफ होर्मुज हुँदै जहाजलाई सुरक्षित रूपमा आवतजावत गराउने विषयमा इरान र ओमानबीच भइरहेको वार्ता सकारात्मक दिशामा अघि बढेको ओमानले जनाएको छ । यद्यपि, वार्ता सफल भए पनि होर्मुज जलडमरूमध्य तत्काल पूर्ण रूपमा खुल्ने अवस्था नरहेको इरानले स्पष्ट पारेको छ ।
इरानी विदेशमन्त्री अब्बास अराघ्चीले वार्ता अन्तिम चरणमा पुगेको बताएका छन् । तर, होर्मुज खोल्नुअघि अन्य सर्तहरू पूरा हुनुपर्ने उनको भनाइ छ ।
बीबीसीका अनुसार इरानले अमेरिकासँगको द्वन्द्व अन्त्य, क्षतिपूर्ति, आफ्ना बन्दरगाहमाथिको नाकाबन्दी हटाउने तथा रोक्का गरिएका सम्पत्ति फुकुवा गर्नेलगायतका माग अघि सारेको छ ।
विश्वको करिब पाँचौँ हिस्सा तेल तथा प्राकृतिक ग्यास ओहोरदोहोर हुने महत्वपूर्ण समुद्री मार्ग होर्मुज लामो समयदेखि अवरुद्ध हुँदा विश्वव्यापी ऊर्जा आपूर्तिप्रति चिन्ता बढेको छ । होर्मुजको अवरोधले अन्तर्राष्ट्रिय बजारमा ऊर्जा आपूर्ति तथा मूल्यमा समेत असर पर्न सक्ने आशंका गरिएको छ ।
यसैबीच, अमेरिकी उपराष्ट्रपति जेडी भेन्सले पनि वार्तामा प्रगति भएको बताएका छन् । तर, सम्झौता अझै अन्तिम निष्कर्षमा पुगिनसकेको उनको भनाइ छ ।
इरान र ओमानबीचको वार्ताले सकारात्मक परिणाम दिएमा होर्मुज हुँदै हुने समुद्री आवतजावत सहज बन्ने अपेक्षा गरिएको छ । तर, इरानले अघि सारेका सर्त र क्षेत्रीय सुरक्षा अवस्थाले तत्काल पूर्ण रूपमा जलडमरूमध्य खुल्ने विषय अझै अनिश्चित रहेको देखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन

ट्रेन्डिङ
खबरमुकाम







