• वि.सं २०८३, असोज १३ मंगलबार
  • Tuesday, 29 September, 2026
  • युनिकोड
  • Live

बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता

बागलुङ । बागलुङमा पछिल्लो तीन दिनयता परेको अविरल वर्षापछि आएको बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ । विभिन्न स्थानमा पहिरोले घर पुरिँदा १२ जनाको मृत्यु भएको हो भने एक जना अझै बेपत्ता छन् ।

जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार ताराखोला गाउँपालिका–५ सिपमा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ५५ वर्षीय दिलबहादुर पुन र उनकी सासु म्याग्दीको मालिका गाउँपालिका–२ निवासी ७९ वर्षीया नरमाया रोका रहेका छन् । पहिरोमा परी पुनकी श्रीमती, दुई छोरा र बुहारी सामान्य घाइते भएका छन् ।

प्रहरीका अनुसार गत शनिबार ताराखोला गाउँपालिकामै एक जनाको मृत्यु भएको थियो । त्यस्तै, आइतबार तमानखोला गाउँपालिकामा पहिरोमा परी चार जनाको मृत्यु भएको थियो भने एक जना बेपत्ता छन् ।

यसैगरी निसीखोला गाउँपालिकामा पहिरोमा परी पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । लगातारको वर्षापछि जिल्लाका विभिन्न स्थानमा बाढी तथा पहिरोको जोखिम बढेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै