जनकपुरधाम । जनकपुरधाममा गुठीको अतिक्रमित जग्गा खाली गराउने अभियान सुरु भएको छ । शनिबार बिहानदेखि गिरनारी कुट्टीनजिक रहेको गोरधोइ पोखरीको अतिक्रमित डिलमा डोजर चलाएर संरचना हटाउन थालिएको हो ।
गुठी संस्थान जनकपुरधामले पोखरीको अतिक्रमित डिल खाली गराउन डोजर परिचालन गरेको हो । अतिक्रमित जग्गा खाली गर्न संस्थानले यसअघि साउन १ गते सार्वजनिक सूचना जारी गरेको थियो। त्यसपछि भदौ ५ गते जनकपुर नगर क्षेत्रमा माइकिङ गर्दै पुनः अतिक्रमित जग्गा खाली गर्न आग्रह गरिएको थियो ।
तर, पटक–पटक सूचना जारी गर्दा पनि अतिक्रमित जग्गा खाली नभएपछि गुठी संस्थानले डोजर लगाएर संरचना हटाउने अभियान थालेको हो ।
गुठी संस्थान जनकपुरधामका किशोरकुमार झाले पहिलो चरणमा गोरधोइ पोखरीको अतिक्रमणमा परेको डिल खाली गराउन थालिएको जानकारी दिए । उनका अनुसार जनकपुरधाम क्षेत्रमा रहेका करिब ५० वटा पोखरीमध्ये पहिलो चरणमा सातवटा पोखरीलाई अतिक्रमणमुक्त गराउने तयारी गरिएको छ ।
अतिक्रमित संरचना हटाउने क्रममा सम्भावित अवरोध र सुरक्षालाई मध्यनजर गर्दै ठूलो संख्यामा सुरक्षाकर्मीसमेत परिचालन गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- युक्रेनको क्रिभी रिहमा रुसी ड्रोन आक्रमण, १५ जनाको मृत्यु
- विश्वकप फाइनलको झडपमा अर्जेन्टिनी खेलाडीलाई फिफाको कारबाही
- जनकपुरधाममा गुठीको अतिक्रमित जग्गा खाली गराउन डोजर चलाइयो
- देशभर बदली र वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षाको चेतावनी
- हेटौँडामा खोलाले बगाएर बेपत्ता बालिकाको शव तीन दिनपछि फेला
- राष्ट्र बैंकका गभर्नर र सञ्चालकको कार्यकाल ३ वर्ष हुने
- सर्वोच्चद्वारा वायु सेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति बदर
- नेपालमै अन्तर्राष्ट्रिय स्तरको ‘पर्मानेन्ट मेकअप एकेडेमी’ स्थापना गर्ने रोजी श्रेष्ठको लक्ष्य



ट्रेन्डिङ
खबरमुकाम







