हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१९, बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव तीन दिनपछि आज बिहान फेला परेको छ ।
साउन २ गते साँझ निर्मल माध्यमिक विद्यालय बस्तीपुरबाट घर फर्कने क्रममा लच्का तर्दै गर्दा चार बालिकालाई बासुदेव खोलाले बगाएको थियो ।
घटनापछि खोजी गर्ने क्रममा ८ वर्षीया रोशनी स्याङतानलाई घटनास्थलबाट करिब ५ सय मिटर तल रुखको जरामा अड्किएको अवस्थामा फेला पारिएको थियो । अस्पताल पुर्याइएकी उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।
त्यस्तै, १२ वर्षीया बिनिता ब्लोनको शव पनि घटनाको भोलिपल्ट फेला परेको थियो ।
घटनामा परेकी १३ वर्षीया सीमा ब्लोन भने आफैं खोलाबाट निस्कन सफल भएकी थिइन् । उनको उपचार भइरहेको छ । चारै जना बालिका मकवानपुरको राक्सिराङ गाउँपालिका–१ का हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन



ट्रेन्डिङ
खबरमुकाम





