काठमाडौँ । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको हकप्रद सेयर बाँडफाँड कार्य सम्पन्न भएको छ ।
नागरिक लगानी कोषको निष्कासन तथा बिक्री प्रबन्धकत्वमा तथा सन्राईज क्यापिटल लिमिटेडको सह निष्कासन तथा बिक्री प्रबन्धकत्वमा अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको ३ करोड ४८ लाख ७१ हजार ४७० कित्ता हकप्रद सेयरको बाँडफाँड कार्य सम्पन्न गरिएको हो ।
एक शेयर बराबर एक शेयर (१ः१) का दरले प्रति शेयर १०० रुपैयाँ अंकित दरको १०,५९,००,०००/- कित्ता हकप्रद साधारण शेयर शेयरधनीहरुलाई निष्कासन तथा बिक्री खुल्ला गरीएको थियो ।
कूल ६,४३,२९३ जना कायम साधारण सेयर धनीहरूबाट ५,१८,९१,००० कित्ता शेयर मध्ये भौतिक तथा सिआस्वा मार्फत आवेदन दिने ३,३५,२३० जना सेयर धनीहरूबाट जम्मा ३,४८,९७,३९६.३४ कित्ता शेयरका लागि दरखास्त प्राप्त भएकोमा १,२२२ जना सेयर धनीहरूले जम्मा २५,९२६.३४ कित्ता हकप्रद शेयरको लागि बढी माग गरेका थिए । उक्त २५,९२६.३४ कित्ता शेयर बाँडफाँडमा समावेश नगर्ने गरी कायम सेयर धनीहरूलाई हक अनुसार ३,४८,७१,४७० कित्ता हकप्रद शेयर निष्कासन कम्पनीको कार्यालय ज्ञानेश्वरमा नियामक निकाय, निष्कासन कम्पनी, निष्कासन तथा विक्री प्रबन्धकहरूको उपस्थितिमा बाँडफाँड कार्य सम्पन्न गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- यस्ता छन् विश्वको सबैभन्दा ठूलो नोबेल पुरस्कारबारे रोचक तथ्य....
- ओरालो लागेको मृग बने मास्टर सेफ सन्तोषः नियत खराब थिएन नियति खराब भइदियो
- ललितपुरमा गोली चल्योः तीन जना लागुऔषध तस्कर पक्राउ
- राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छः गगन थापा
- रास्वपा लुम्बिनीको सभापतिमा शालिकराम घिमिरे निर्वाचित
- रास्वपाको उदय अस्थिर राजनीति र भूराजनीतिक चलखेलको परिणाम हो : एमाले
- अमेरिका–इरान युद्ध अन्त्यतर्फ, सम्झौतामा हस्ताक्षरको तयारी
- विश्वकपमा स्कटल्यान्डको विजयी सुरुआत, समूह ‘सी’को शीर्ष स्थानमा उक्लियो



ट्रेन्डिङ
खबरमुकाम






