काठमाडौं । नेपाल चेम्बर अफ कमर्ससका पदाधिकारी र नेपाल भ्रमणमा रहेको रुसी महासंघको व्यवसायीक प्रतिनिधीबीच भेटवार्ता भएको छ । काठमाडौंको जमलस्थित चेम्बर अफ कमर्सको भवनमा भएको भेटवार्तामा दुई मुलुकबीच संयुक्त लगानी एवं व्यापारिक साझेदारी गर्नेबारे छलफल भएको हो ।
रुसी महासंघको प्रतिनिधी मण्डलसंग चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले काठमाडौं र मस्कोबीच सीधा हवाई सम्पर्क स्थापित गर्नका लागि पहल गर्नुपर्नेमा जोड दिए ।
अध्यक्ष मल्लले भने, ‘नेपाल रुसबीचको कुटनीतिक सम्वन्ध बलियो छ, ‘सयौं नेपाली विद्यार्थीहरु इन्जिनियरिङ, चिकित्सा लगायतका विषय अध्ययनका लागि जाने गरेका छन, रुसका तर्फबाट पनि वार्षिक १० हजारको हाराहारीमा नागरिकहरु नेपाल घुम्न आउने गरेको सन्र्दभमा सीधा हवाई सम्पर्क सञ्जाल बढाउन सकियो भने दुवै मलुकलाई फाईदा पुग्छ, ।’
नेपालमा काठमाडौंसंगै पोखरा अन्तराष्ट्रिय विमानस्थल र भैरहवा अन्तराष्ट्रिय विमानस्थल पनि सञ्चालनका क्रममा रहेकाले दुई मुलुकबीच सीधा हवाई सम्पर्क सञ्जाल विस्तार गरेर आर्थिक सहकार्य र व्यापारिक साझेदारी गर्नुपर्नेमा अध्यक्ष मल्लले जोड दिए । नेपालको कृषि, पर्यटन, उद्योग, एवं आईटी क्षेत्रमा लगानीको उच्च सम्भावना रहेको अध्यक्ष मल्लले बताए । रुसी लगानीको प्रतिफल सुनिश्चत गर्नका लागि नेपाल चेम्बर अफ कमर्सले पहल गर्ने अध्यक्ष मल्लको भनाई छ ।
चेम्बर पदाधिकारीहरुसंगको भेटमा रुसी महासंघको व्यवसायिक प्रतिनिधी मण्डलले पनि नेपालमा सीधा हवाई सम्पर्क सञ्जाल विस्तारका लागि आफुहरुले पहल गर्ने बताएका थिए । हवाई सम्पर्क स्थापित गर्नका लागि दुवै देशका सरकारसमक्ष संयुक्त पहल गर्नुपर्ने रुसी महासंघका प्रमुख एलेक्जेण्डर एल रेवासले बताए । दुई मुलुकबीच अन्य व्यपारिक क्षेत्रमा पनि सहकार्य गर्न सकिने उनको भनाई छ ।
चेम्बर पदाधिकारीसंगको भेटवार्तामा रुसी महासंघको टोलीले नेपालमा उत्पादन हुने चिया र यसको विश्वबजारबारे चासो राखेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- यस्ता छन् विश्वको सबैभन्दा ठूलो नोबेल पुरस्कारबारे रोचक तथ्य....
- ओरालो लागेको मृग बने मास्टर सेफ सन्तोषः नियत खराब थिएन नियति खराब भइदियो
- ललितपुरमा गोली चल्योः तीन जना लागुऔषध तस्कर पक्राउ
- राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छः गगन थापा
- रास्वपा लुम्बिनीको सभापतिमा शालिकराम घिमिरे निर्वाचित
- रास्वपाको उदय अस्थिर राजनीति र भूराजनीतिक चलखेलको परिणाम हो : एमाले
- अमेरिका–इरान युद्ध अन्त्यतर्फ, सम्झौतामा हस्ताक्षरको तयारी
- विश्वकपमा स्कटल्यान्डको विजयी सुरुआत, समूह ‘सी’को शीर्ष स्थानमा उक्लियो



ट्रेन्डिङ
खबरमुकाम






