काठमाडौँ । अर्थमन्त्री डा प्रकाशशरण महतले बीमा सर्भेयरको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन् । बीमा सर्भेयर सङ्घ नेपालले आज आयोजना गरेको कार्यक्रममा उनले जोखिम न्यूनीकरण गर्नका लागि यसको आवश्यकता अर्थपूर्ण रहेको बताएका छन् ।
“सुरुआत धेरै अगाडिदेखि भए पनि नेपालका लागि बीमा आम विषय बनिसकेको छैन । जोखिम न्यूनीकरणका लागि यसको आवश्यकता छ भन्ने धारणा अझै विकसित भइसकेको छैन”, डा महतले भने, “मलाई समस्या आउँदैन, किन बीमामा सहभागी हुने भन्ने धारणा अधिकांशमा छ ।” अहिले मानिसमा बीमा गर्नुका फाइदाका बारेमा जानकारी दिँदै बीमा सचेतना जगाउनु आवश्यकता रहेको उनको भनाइ थियो ।
मन्त्री डा महतले भने, “जीवन होस् वा निर्जिवन जोखिममा पर्यो भने झमेला हुँदैन । यो विश्वास दिलाउनुपर्छ ।” जीवनमा हरेकलाई समस्या आई पर्नसक्ने भएकाले अहिले केही योगदान दिएर भोलि आइ पर्नसक्ने ठूलो जोखिमको निवारण बीमाबाट हुन्छ भन्ने सचेतना जगाउनुपर्ने उनले बताए ।
“जसले बीमा गरिसकेको छ, आपत पर्दा बीमा कम्पनीहरूले बीमाबापतको रकम दिन आनाकानी गर्नु हुँदैन । यसले गर्दा सम्भावित बिमितमा सकारात्मक सन्देश जान्छ र उनीहरू पनि बीमा गर्न तयार हुन्छन्”, मन्त्री डा महतले भने । बीमामा जोडिएका सबै र नियमक निकाय तथा प्राधिकरणले बीमा विस्तारमा भएका अवरोध हटाउँदै काम गर्ने तरिकामा परिवर्तन गर्नुपर्नेमा उनले जोड दिए । यस सन्दर्भमा देखिएका विद्यमान समस्या पहिचान गरी समाधानका उपाय खोज्नुपर्ने मन्त्री डा महतको भनाइ थियो । उनले बीमा कम्पनीले व्यवसायिकतालाई मध्यनजर गर्दै काम गर्नुपर्ने बताए ।
“बीमा कम्पनीले रकम लिने बेला विज्ञापन गर्ने, स्रोत जम्मा गर्ने र दिनुपर्यो भने अनेकौँ झमेला र बहाना झिक्ने गरेको सुन्निछ । यस्तो अस्थामा बीमा सर्भेयरको भूमिका महत्त्वपूर्ण हुन्छ । बीमा कम्पनी र बिमित व्यक्तिको बीचमा बसेर सर्भेयरले काम गरिदियो भने प्रभावकारी हुन्छ”, मन्त्री डा महतले भने, “बीमा सर्भेयरले कुनै प्रभावमा नपरी जे यथार्थ हो, त्यो राखेर समस्या समाधान गर्नुपर्छ । यसरी काम गर्न सकियो भने बीमालाई नयाँ उचाइमा पुर्याउन सर्भेयरको भूमिका अर्थपूर्ण मानिन्छ ।”
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- यस्ता छन् विश्वको सबैभन्दा ठूलो नोबेल पुरस्कारबारे रोचक तथ्य....
- ओरालो लागेको मृग बने मास्टर सेफ सन्तोषः नियत खराब थिएन नियति खराब भइदियो
- ललितपुरमा गोली चल्योः तीन जना लागुऔषध तस्कर पक्राउ
- राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छः गगन थापा
- रास्वपा लुम्बिनीको सभापतिमा शालिकराम घिमिरे निर्वाचित
- रास्वपाको उदय अस्थिर राजनीति र भूराजनीतिक चलखेलको परिणाम हो : एमाले
- अमेरिका–इरान युद्ध अन्त्यतर्फ, सम्झौतामा हस्ताक्षरको तयारी
- विश्वकपमा स्कटल्यान्डको विजयी सुरुआत, समूह ‘सी’को शीर्ष स्थानमा उक्लियो



ट्रेन्डिङ
खबरमुकाम






